‘नेपाली मनोविज्ञानः खण्ड एक’ पुस्तक लोकार्पण

Posted on: May 10, 2022
आर्टिष्ट खबर/ बैशाख, काठमाडौं । 

मनोविज्ञान सम्बन्धी ‘नेपाली मनोविज्ञानः खण्ड एक’ (नेपालिज् साइकोलोजीः भोलुम वान) किताबको लोकार्पण गरिएको छ । गत शुक्रबार माइतीघरस्थित सेन्ट जेभिएर कलेजमा एक कार्यक्रमका बिच केन्द्रीय मनोविज्ञान विभागका प्रमुख प्रा. डा नन्दिता शर्माले पुस्तकको लोकार्पण गर्नुभयो ।

‘नेपाली मनोविज्ञानः खण्ड एक’ नेपालमा मनोविज्ञानको इतिहास, विकास, उन्नति, समसामयिक अनुसन्धान र अभ्यासलाई बाहिर ल्याउन २७ लेखक, तीन सम्पादकीय टोली र एक बाह्य समीक्षकको संयुक्त प्रयास हो । पुस्तकले मुख्यतया नेपाली अनुसन्धानकर्ता र प्राज्ञिकहरूको योगदानलाई समाहित गरेको छ । 

यस पुस्तकमा २३ वटा लेखहरूलाई चारवटा खण्डमा विभाजित गरिएको छ । नेपाली मनोविज्ञानमा समसामयिक अनुसन्धान, नेपाली मनोविज्ञानमा समसामयिक अभ्यासहरू, र नेपाली मनोविज्ञानमा व्यक्ति र व्यक्तित्वहरू ।

प्रमुख अतिथि प्रा. डा. नन्दिता शर्माले भने यस पुस्तक मनोविज्ञान क्षेत्रमा कोशेढुंगा भएको बताउनु भयो । उहाका अनुसार नेपाली सेरोफेरोमा रहेर नेपालको सभ्यता र संस्कृतिलाई मध्यनजर गरी नेपाली मनोविज्ञानको उजागर र व्याख्या हुन जरुरी छ ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]