
आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।
‘मोडल हन्ट नेपाल २०१८’को उपाधि आशिष के.सी. र अदीति अधिकारीले जितेका छन् । शुक्रबार साँझ काठमाडौस्थित होटल सोल्टीमा आयोजित कार्यक्रममा ३१ प्रतियोगीलाई पछि पार्दै आशिष पुरुष तर्फको उपाधि बिजेता बन्दा अदीतिले २४ प्रतियोगीलाई पछि पार्दै युवती तर्फको उपाधि हात पारिन् । बिजेता दुबैले नगद पुरस्कार रु ५० हजार प्राप्त गरे । यी दुबै मध्य आशिषले मिष्टर ओशियन तथा अदीतिले सुपर मोडल अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्नुको अलवा कोरियामा सञ्चालन हुने एलबिएमए अवार्डमा समेत भाग लिने नेपाली प्रतिनिधि बन्ने छन् । प्रतियोगीतामा आशिष र अदीतिले कमर्सियल मोडलको अवार्ड जित्न पनि सफल भए । यो मोडल हन्ट नेपालको चौथौं संस्करण हो ।
प्रतियोगीतामा सुरज राजोपाध्याय र रुबिस्का श्रेष्ठ फस्ट रनर अप, मुनिर अहमद र हेलि गुरुङ सेकेन्ड रनर अप तथा आदर्श ज्ञवाली र सन्नी महर्जन थर्ड रनर अप विजेता घोषित भए । रनर अप विजेता सुरज र रुबिस्काले नगद पुरस्कार ३० हजार, मुनिर र हेलिले २० तथा आदर्श र सन्नीले रु १५ हजार प्राप्त गरे । निर्णायक मण्डलमा फेसन तथा कमर्सियल फोटोग्राफर राजभाई सुवाल, आईसी ग्रुप अफ कम्पनीज्का प्रबन्ध निर्देशक शैलजा अधिकारी, कहलिएका फेसन डिजाइनर विश्व गौतम, कोरियोग्राफर एवं मिडिया पर्सनालिटी माल्भिका सुब्बा तथा अभिनेत्री एवं मोडल पारामिता आर एल राणा रहेका थिए ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नयाँ चलचित्र ‘२ नम्बरी’को प्रदर्श
August 09, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अमेरिकाको एटलान्टामा ४ देखि ७ अगष
August 09, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: