
आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।
नेपालमै पहिलो पटक मोटी युवतीहरु बिचको सौन्दर्य प्रतियोगीता ‘नेपाल्स चब्बी मोडल’ आयोजना गरेको सिद्धि मिडियाले फेरी पुरुष तथा महिला दुबैका लागि ‘नेपाल प्लस साइज मोडल २०१९’आयोजना गर्ने भएको छ। ‘मेरो कमजोरी मेरो क्षेमता’नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता महिला तथा पुरुष दुबैले आवेदन दिन सक्नेछन् । सद्धि मिडियाले बिहीवार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगितामा १७ देखि ४० बर्षसम्म जुनै समुदायका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन् ।
समाजमा दबिएर रहेका ब्यक्तिहरुका प्रतिभा, निखार्दे उनीहरुलाई हरेक क्षेत्रमा अग्रसर हुन प्रेरणा र हौसला प्रदान गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए । प्रतियोगिताका शिर्ष सहित आधादर्जन बिधामा बिजेता छानिनेछ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात
August 15, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डि जो
August 15, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: