
आर्टिष्ट खबर/ असार, काठमाडौं ।
‘नेपाल्स् प्लस साइज मोडल २०१९(सिजन –४)’को बिजेता उषा किरण नेपाल भएकी छन्। ७ प्रतियोगिलाई पछि पार्दै शिर्ष उपाधि चुमेकी नेपालले ब्युटी वीथ प्रपोज, मल्टिमिडिया च्वाइस, मोस्ट पपुलर सहित मोस्ट ब्युटिफुल उपाधि समेत हात पारिन् । सिद्धि मिडियाको आयोजनामा राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा बिवेक कुमार शाह मिष्टर ह्याडसम र भ्युयुर च्वाइस सहित फष्टरनरअप घोषित हुँदा शिल्पा घले मिस कन्फिडेन्ट र मिस बब्ली सहित सेकेन्ड रनरअप बन्न सफल भइन् ।
मोटी युवतीहरुका लागि सन् २०१७ बाट नेपालमै पहिलो पटक ‘नेपाल्स् चब्बी मोडल’ सुरु गरेको सिद्धी मिडियाले मोटा मोटी, होचो, अग्लो जुनै प्रकारको ब्यक्तिलाई पनि अवसर प्रदान गर्न ‘नेपाल्स् प्लस साइज मोडल’ प्रतियोगिता आयोजना गरेको हो। मोटो पन, होचो साइज लगायत आफ्नो अवस्था जे जस्तो भएपनि मानिसले त्यसमा खुसी रहेर अगाडि बढ्दै समाज र बिभिन्न क्षेत्रमा योगदान गर्न सक्छ भन्ने आत्मबिश्वास जगाउदै उनीहरुको प्रतिभा निखार्दै प्रेरणा र हौसला प्रधान गर्ने उदेश्यले ‘नेपाल्स् प्लस साइज मोडल’ आयोजना थालिएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले जानकारी दिए । पुर्व प्रधान सेनापती रुकमाङ्गद कटुवाल मुख्य अतिथि र बिभिन्न संगीतिक धमाका सहित आयोजित प्रतियोगिताको निर्णयकमा अभिनेत्री संचिता लुईटेल, कृष्ण देवकोटा, नेपाल्स् चब्बी मोडलको फष्टरनरअप मिनु तामाङ, जीना ताम्राकार, अनिल विर सिंह तुलाधर प्रतियोगिताको निर्णायकमा रहेका थिए ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नयाँ चलचित्र ‘२ नम्बरी’को प्रदर्श
August 09, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अमेरिकाको एटलान्टामा ४ देखि ७ अगष
August 09, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: