
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
पछिल्लो बर्ष कोरोना कहरका कारण लकडाउन जारी भएपछि नेपाली कलाकारहरु लगभग बेरोजगार जस्तै भए । सिर्जना गर्ने केहि कलाकारहरुले सिर्जनामा आफूलाई ब्यस्त बनाएपनि अधिकांश कलाकार फुर्सदिला बने । कतिपय कलाकार गाउँघरमा गएर समय ब्यतित गरे भने कतिपय कलाकार काठमाडौंमै बसिरहे ।
बिशेष गरी चलचित्रमा अभिनय र गीत गायनसँगै स्टेजमा ब्यस्त हुने कलाकार सबैभन्दा फुर्सिदिला बनेका थिए । यस्तै पछिल्लो केहि महिना यता भने बिभिन्न देश तथा बिदेशमा स्टेज कार्यक्रमका आयोजना भइरहेका थिएन । क्रिशमससँगै अंग्रेजी नयाँ बर्षको उपलब्धमा बिदेशमा पनि धेरै कार्यक्रम भए । जहाँ नेपाली कलाकारहरुले जाने मौका पाए । यस्तै अहिलेपनि देश भित्र बिभिन्न ठाउँमा मेलामहोत्सव भइरहेका छन् ।
एक महोत्सव कम्तिमा पनि १० दिन चल्छ र दिनमा चार देखी पाँचजना कलाकारको प्रस्तुती राखिन्छ । त्यसरी हेर्दा जम्मा महोत्सवमा झण्डै पचास कलाकारले काम भइरहेका हुन्छन् । अहिले महोत्सव चलेसँगै कलाकार निकै ब्यस्त देखिन्थे । तर कोरोना भाइरसको संक्रमण फेरी बढ्न थालेपछि अब सामुहिक रुपमा भेला हुन नपाइने भएको छ । २५ जना भन्दा बढी भेला हुन नपाइने नियम लागुभएसँगै मेला महोत्सव प्रभावित बनेका छन् । कलाकारहरुले स्टेज कार्यक्रममा जान पाउने छैनन् ।
अहिलेका स्टेजमा अत्यधिक ब्यस्त हुने कलाकारहरुको सामाजिक सञ्जाल हेर्ने हो भने दैनिक मेलामहोत्सवमा हिडेका तस्बिर सेयर गरेको देखिन्छ । कलाकारहरु प्रकाश सपूत, प्रमोद खरेल, बद्री पंगेनी, दुर्गेश थापा, रचना रिमाल, समिक्षा अधिकारी, एलिना चौहान, पुस्कल शर्मा लगायतका कलाकारहरुको सामाजिक सञ्जाल नियाल्दा निकै ब्यस्त देखिन्छन् । तर यो क्रम अब रोकिने भएको छ ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात
August 15, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डि जो
August 15, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: