आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।
आज भन्दा झण्डै १५ बर्ष अघिका निकै हिट गीत ‘फुलमा मौरी डुल्ने बेलामा, कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा यस्तै आमा तिम्ले लगाएको चुरी फुट्दा खेरी, उहि मुलाको सिन्की उहि मुलाको चाना, मलाई बाँसुरीले रुवायो, हाम्रो माया चर्किएको अहिले सरी नफुटोस’ लगायत थुप्रै गीतका मोडल हुन् सिबन पोखरेल ।
कुनै समय महिनामा २५ वटा सम्म म्युजीक भिडियोसम्म काम गरेका सिबन अहिले कता हराए ? अहिले के गर्दैछन् ? के उनी बिदेश पलायन भएका हुन् ? तपाईको मनमा पनि यो प्रश्न हुनसक्छ । आज हामी उनै सिबनलाई भेटेर बिशेष कुरा गरेका छौं । सिबन दशक अघि अत्यधिक चलेका मोडल हुन् । उनलाई कामको कुनै कमि थिएन । भिडियोको अफर आइरहन्थ्यो । उनी मोडल मात्र नभई भिडियो निर्देशक पनि भएकाले अझ बढी ब्यस्त थिए । त्यो अत्यधिक चलेको समयमा पनि धनि बन्ने सपना नबोकेको बताउँछन् । आफूसँग काम गर्नेहरु घर किने चगाडी चढे, तर सिबनले आफू पैसा कमाउने भन्दा पनि काममै रमाउँदै अघि बढेको बताएका छन् ।
सिबन अहिले पनि कला क्षेत्र भने चटक्कै छाडेका भने होइनन् । उनी अहिले पनि आफ्नो कम्पनी माफर्त समय समयमा भिडियो निर्माण गरेका हुन्छन् । मोडलिङ भन्दा बढी भिडियो निर्माणमा उनी ब्यस्त हुन्छन् । सिबन केहि समय अघि घरमै सानो दुर्घटनामा परेका कारण खुट्टामा चोट लागेको छ । त्यसैले केहिसमयका लागी बैसाखी टेकेर हिड्नुपरेको बताउँछन् ।
भिडियो रिपोर्ट हेर्नुहोस् ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: