
गोपिकृष्ण चापागाईं/ असार, काठमाडौं ।
सन् २०१८ को अगष्टमा नेपालले छाउपडीलाई गैरकानुनी घोषणा गरेपनि नेपालमा अझैपनि पुर्णरुपमा छाउपडी प्रथा हट्न सकेको छैन ।
मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३)ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ । यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानुनले गरेको छ ।
तर यो कानुनले अझैपनि छाउपडी प्रथालाई रोक्न सकेको देखिदैन । सुदुरपश्चिमका जिल्लाहरुमा अहिलेपनि छाउपडी प्रथा देखिएकै कारण गीतसंगीतको तर्फबाट भएपनि सन्देश प्रवाह गर्नुपर्छ भन्ने उद्देश्यले एल.पी शर्मा र गौरब गिरीको टिमले छाउपडीकै बिषयमा गीत बनाउने निर्णय ग¥यो र बन्यो ‘लिलु’ ।
‘लिलु’ अछाम सहित सुदूरपश्चिम तथा कर्णाली प्रदेशको कुप्रथाका रुपमा रहेको छाउपडी प्रथाको कथा बोकेको देउडा गीत हो । जसमा गितकी मुख्य पात्र लिलुले पहिलो पटक आफु छाउ भएको सपना देख्छिन् । दोश्रो दिन उनी स्कुल जाँदा आफ्नो साथीलाई सो कुरा सुनाउछिन् । बाटोमा मन्दिरलाई ढोग्न खोज्दा लिलुकी साथीले छाउको समयमा मन्दिरमा ढोग्न हुँदैन भन्छिन् । लिलुले आफुलाई गास, कपास दिए पनि बास नदिएको कुरा गितमा व्यक्त गर्छिन् ।
एक्लै डर लाग्छ बुवा मलाई रामा साथ दिया भन्दै बेलौँना गितमा पोख्छिन् । तर उनकी आमाले बर्ष, महिना त गयो ४ दिन त यत्तिकै जान्छ, तलाई केही हुदैँन भन्दै गितमा सम्झाउन खोज्छिन् । तर ती चेली छाउ बस्दा बलात्कृत हुन पुग्छिन् । उनको मृत्यु हुन्छ ।
गीतमा एल.पी. शर्मा र गौरव गिरीको शब्द छ भने पुजा देवकोटा, रेखा जोशी, गौरी भट्ट र रोहित देउवाको स्वर रहेको छ । गितमा संगित रोहित देउवाको रहेको छ । एचबिएन किस्मतले एरेञ्ज गरेको गित वान डिबी स्टुडियोमा बिमल चिनालले रेर्कड गरेका हुन् । गितमा रोशनी कार्की, पुजा देवकोटा, लक्ष्मी प्रसाद शर्मा, भद्र जंग कुवँर, मुकेश सुनार, ईब्सु सञ्ज्याल र पशुपती कुवँरको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन गौरब गिरीले नै गरेका हुन् ।
आइतबार काठमाडौंको मोजो बुटिक एण्ड रेष्टुरेन्टमा एक कार्यक्रमका बिच सार्वजनिक ‘लिलु’ गीतबारे प्रमुख अतिथि राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले छाउपडी प्रथा रोक्नका लागी सरकारी तबरबाटै जोड गर्नुपर्ने बताइन् । साथै उनले नेपाली समाजमा अझै पनि छोरा र छोरी बिचको भेदभाव रहेकाले दुबैलाई समान रुपमा लिन सबैले आफ्नो घरबाट सुरुवात गर्नुपर्ने बताइन् । उनले गीतमार्फत छाउपडी प्रथा बिरुद्धको सन्देश दिएकोमा निर्माढा टिमलाई धन्यवाद सँगै गीतले समाज परिवर्तनमा भूमिका खेल्नेमा विश्वास राखिन् ।
रचना गौतमले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठ, मर्यादित महिनावारी अभियान्ता राधा पौडेल, संगीतकार तथा गायक बसन्त सापकोटा, सञ्चारकर्मि डब्बु क्षेत्री लगायतले गीत हेरेर आफ्नो भनाई राखेका थिए ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नेपाली म्युजीक भिडियो क्षेत्रका न
August 14, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । २०७१ सालमा प्रदर्शनमा आएको अभिनेत
August 14, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: