
आर्टिष्ट खबर/ असार, काठमाडौं ।
असार २७ गतेबाट मुलुक भरका हलहरुमा प्रर्दशनमा आउने चलचित्र ‘सानो मन’ यूनिट यति बेला चलचित्रको प्रचार प्रसारका लागि मोफसल यात्रामा छ। शुक्रबार चलचित्र युनिटले चितवनका सञ्चारकर्मी बिच कार्यक्रम गरेर चलिचित्रको बारेमा जानकारी गराएको थियो। चलचित्रको मुख्य भूमिकामा रहेका नायक आयुष्मान जोशी भने चलचित्रको मोफसल प्रचारमा सहभागी भएनन् । उनले आफू व्यस्तताका कारण प्रचारमा सहभागी नभएको बताएका छन्।
नायिका शिल्पा मास्के, कलाकार सक्षमकृष्ण सुवेदी र निर्माता राजेन्द्र मानन्धरले 'सानो मन'को बारेमा प्रकाश पारेका थिए। नायिका मास्केले यस चलचित्रमा आफुले निकै मेहनत गरेको र चलचित्र दर्शकलाई मन पर्ने जिकिर गरिन् । पत्रकार भेटघाटमा नायिका शिल्पा मास्के आफु लण्डन बसेर विदेशी चलचित्रमा समेत काम गरेको अनुभव सुनाउँदै नेपालमा नै केहि गर्छु भनेर नेपाल आएर नेपाली चलचित्रमा अभिनय गरेको जानकारी गराईन् । कथा वस्तु प्रभावशाली लागेर आफुले 'सानो मन'मा काम गरेको र आफ्नो तर्फ बाट सकेको काम गरेको बताउदै अब दर्शकले चलचित्र हेरेर मुल्यांकन गर्ने उनले बताईन् ।
यस्तै, नव नायक सक्षम कृष्ण सुवेदीले आफ्नो पहिलो चलचित्र भए पनि निकै मेहेनत गरेको र यस चलचित्र बाट ठुलो आशा लिएको बताए । चलचित्रका निर्माता राजेन्द्र मानन्धरले चलचित्रको कथा नै मन परेर यस चलचित्र निर्माण गरेको बताए । चितवनमा पत्रकार भेटघाट सकिए लगतै चलचित्र यूनिट पोखरा पुगेका थिए । पोखरामा पनि पत्रकारहरुसँग भेटघाट गर्दै चलचित्रबारे जानकारी गराईएको थियो ।
सुयोग गुरुङ्गको निर्देशनमा बनेको ‘सानो मन’मा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, विशाल पहाडी, गौरी मल्ल, रश्मी भट्ट, शिशिर वाङ्देल, सक्षम कृष्ण सुवेदी, कृष्ण भक्त महर्जन, देव कुमार श्रेष्ठ लक्ष्मी भुषाल लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्र ओ।पि।जी फिल्मस, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको हो । निर्माताहरू योगेश गुरुङ्ग, राजीव श्रेष्ठ, रमेश के। मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्यूजिकल लभस्टोरी जनरामा निर्माण भएको हो । यो चलचित्रलाई आलोक शूक्लाले छायांकन गरेका हुन् ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नयाँ चलचित्र ‘२ नम्बरी’को प्रदर्श
August 09, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अमेरिकाको एटलान्टामा ४ देखि ७ अगष
August 09, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: