
गोपिकृष्ण चापागाईं/ असोज, काठमाडौं ।
म्युजीक भिडियो कलाकार संघले दसैंको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । मंगलबार राजधानीको अनामनगरमा आयोजीत एक कार्यक्रमका बिच नेपाली गीतसंगीतको भिडियोहरुमा अभिनय गर्ने कलाकारसँगै अन्य कलाकारहरुलाई निम्ता गरी दसैं, तिहार तथा छठ पर्वको शुभकामना दिइयो । कार्यक्रममा नेपाली चलचित्रक्षेत्रका अभिनेता राजेश हमालको पनि बिशेष उपस्थिती रहेको थियो ।
म्युजीक भिडियो कलाकारसंघका अध्यक्ष कोरियोग्राफर तथा मोडल शंकर बिसीको नेतृत्वमा आयोजीक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वयन समितिको नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना पनि दिइएको थियो । कार्यक्रममा म्युजीक भिडियो कलाकारसंघका अध्यक्ष शंकरले आउँदै गरेको दसैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा सम्पुर्ण कलाकारसँगै दर्शक तथा स्रोतालाई शुभकामना दिए । ‘बिभिन्न ठाउँबाट राजधानीमा रहेर गीतसंगीतको क्षेत्रमा काम गर्नुहुने सम्पुर्ण कलाकारहरु दसैंको बेलामा फुर्सदमा हुनुहुन्छ होला । सबैले रमाइलो गर्नुहोला । संस्था र ब्यक्तिगत तर्फबाट दसैं, तिहार सँगै छठपर्वको शुभकामना दिन चाहान्छु ।’ शंकरले भने ।
कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष लोकप्रिय गायक बद्री पंगेनीले प्रतिष्ठानसँग निकै नजिकको नाता भएको गीतसंगीत क्षेत्रको संस्थामा म्युजीक भिडियो कलाकार संघ रहेको बताउँदै दसैंको शुभकामना दिए । ‘यदि प्रतिष्ठानसँग नजिकको संस्था कुन हो भन्या भने म्युजीक भिडियो कलाकार संघ र राष्ट्रिय लोकसञ्चारकर्मि संघ हो ।’ बद्रीले भने । ‘सबैलाई रमाइलो साथ दसैं, तिहार र छठको शुभकामना ब्यक्त गर्दछु ।’
कार्यक्रममा अन्तिम समयमा भएपनि निमन्त्रणालाई स्विकार्दै आएका अभिनेता राजेश हमालले म्युजीक भिडियोमा काम गर्ने कलाकारहरुलाई शुभकामना दिए । साथै रमाइलो प्रसंगमा आफूपनि यसपटकको दसैंमा ससुराली जान लागेको र सपरिवार दसैं मनाउन उत्साहित रहेको जानकारी दिए । कार्यक्रममा म्युजीक भिडियो निर्देशक तथा मोडल बिक्रम चौहान र मोडल अञ्जली अधिकारीको जन्मदिनको अवसरमा केक पनि काटियो । आफूहरुको जन्मदिन बिशेष बनाइएको भन्दै दुईजनाले म्युजीक भिडियो कलाकार संघलाई धन्यवाद दिए । यस्तै पछिल्लो समयको गलबन्दी गीतका चर्चित गायक प्रकाश सपूत पनि कार्यक्रममा उपस्थित थिए । उनले दसैंको संहारमा यसरी म्युजीक भिडियो कलाकार संघले शुभकामना आदानप्रदान कार्यक्रम गर्नु निकै राम्रो काम भन्दै प्रसंसा गरे । साथै यसपटक दसैंको टिकाको दिनसम्म भएपनि आफ्नो घरमै पुगेर सपरिवार दसैं मनाउने उनको योजना रहेको सुनाए ।
कार्यक्रममा रोयल्टी संकलन समाजका अध्यक्ष शिव हमाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान निवर्तमान अध्यक्ष चन्द्र शर्मा, गायिका मन्जु पौडेल, मोडल महेन्द्र गौतम लगायत दर्जनौं कलाकारहरुको उपस्थिती रहेको थियो । (समाचार हिमालय टाइम्समा पनि प्रकाशित छ)
Video:
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नेपाली म्युजीक भिडियो क्षेत्रका न
August 14, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । २०७१ सालमा प्रदर्शनमा आएको अभिनेत
August 14, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: