भारतीय अभिनेता श्रीरामको निधन

नयाँ दिल्ली (एजेन्सी) ।

भारतका चर्चित अभिनेता डा. श्रीराम लागूको निधन भएको छ । ९२ बर्षिय श्रीरामको मंगलबार साँझ पुणेस्थित उनको आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । पछिल्लो समय वृद्धावस्थाका कारण उनी विभिन्न रोगहरूबाट पीडित रहेका थिए ।

चर्चित चरित्र अभिनेता डा. लागू एक सफल ईएनटी सर्जन पनि थिए । उनले विजय तेन्दुलकर, विजय मेहता र अरविन्द देशपाण्डेका साथ स्वतन्त्रता संग्राम पछिको समयमा महाराष्ट्रमा रंगमञ्चलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नाट्य क्षेत्रमा चर्चित डा. लागूले मराठी भाषामा २० वटाभन्दा बढी नाटकहरूको निर्देशन गरेका थिए । यसका अतिरिक्त उनी सामाजिक मुद्दाहरूमासमेत जोडिएर काम गर्दै आएका थिए ।

उनले ‘सिंहासन’, ‘सामना’, ‘पिँजडा’, ‘जाकोल’, ‘खिचडी’, ‘मुक्ता’ र ‘मसाला’ जस्ता मराठी भाषाका केही सम्झनायोग्य फिल्ममा काम गरेका थिए । यसका अतिरिक्त उनले ‘लामाण’ शीर्षकमा आत्मकथासमेत लेखिसकेका छन् भने ‘घरौंँदा’, ‘देवता’, ‘देश परदेश’, ‘मुकद्दरका सिकन्दर’, ‘साजन बिन सुहागत’, ‘किनारा’, ‘लुटमार’, ‘सौ करोड’, ‘निशाना’, ‘ज्योति बने ज्वाला’, ‘नियत’, ‘स्वयम्बर’, ‘श्रीमान श्रीमती’, ‘सदमा’, ‘लावारिस’ जस्ता दर्जनौ फिल्ममा काम गरेका छन् ।