रिजु बनिन् मिस पूर्वाञ्चल

आर्टिष्ट खबर/ पुस, धरान ।

‘मिस पूर्वाञ्चल २०१९’मा १९ प्रतिस्पर्धिलाई पछि पार्दै पथरी शनिश्चरे मोरङकी रिजु भट्टराईले उपाधि हात पारेकी छिन् । धरानस्थित धरान सभागृहमा आयोजित दसौं संस्करणको कार्यक्रममा मुख्य निर्णायक वरिष्ठ  गायक दीप श्रेष्ठले सोधेको ‘नेपाल भ्रमण बर्ष २०२० सफल हामीले बनाउन गर्नुपर्ने महत्वपूर्ण पक्ष के हो ?’ भन्ने प्रश्नको उत्कृष्ट उत्तर दिएर उन उपाधि विजेता बनेकी हुन् ।

रिजु ‘नेपाल आईस मिस पूर्वान्चल २०१९’ की विजेता पनि हुन् । उनलाई गतबर्षकी बिजेता पुजा श्रेष्ठले ताज लगाइदिएकी थिइन् ।  रिजुले उपाधिको साथमा कार्यक्रममबाट ओम शान्ति कम्पनीको तर्फबाट २ लाख नगद, सिजी ब्रुअरीका तर्फबाट हङकङ टुरको टिकट भेडेटार पर्यटन सद्भावना दूत लगायत विभिन्न पुरस्कार र अवसर हात पारिन् ।

प्रतियोगितामा फष्टरनर अप खोटाङकी एन्जल राई सेकेन्ड रनर अप धरानकी सिम्रन लिम्बु घोषणा भए । राइले नगद १ लाख नगदसहित विभिन्न उपहार र लिम्बुले ५० हजार नगदसहित विभिन्न आधा दर्जन बढी उपविजेता समेत छानिएको प्रतियोगितामा उपबिजेता सबैले १५ हजार नगद पुरस्कारको रुपमा समेत प्राप्त गरे ।

सिल्भर इन्टर टेनमेन्टको आयोजनामा सम्पन्न नेपाल आईस मिस पूर्वाञ्चलको दशौं  संस्करणमा मिलान्ज फेशन इटहरी, लेडिजडे बुटिक, धरान र पूर्वेली ढाकाटोपी ट्रेडर्सको भेषभुषामा २० प्रतिस्पर्धीहरु प्रियारानी लामाको कोरियोग्राफीसहित स्टेजमा प्रस्तुत भएका थिए ।

२०१० देखि २०१८ सम्मका बिजेता (उप बिजेताहरुले समेत र्याम्पमा ओर्लिएको कार्यक्रममा नायिका मिरुना मगर, कोरियोग्राफर जयन सुब्बा मानन्धर, मलेसियामा मिस ग्लामरको उपाधि जितेकी सिम्रन श्रेष्ठ र मिस कस्मोपोलिटन वल्ड २०१९ को प्रियारानी लामालाई आयोजक सिल्भर इन्टरटेनमेन्टले सम्मान गरेको थियो ।

प्रतियोगिताको निर्णायकमा वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ, अभिनेत्री मिरुना मगर, कोरियोग्राफर जयन सुब्बा मानन्धर, डा.सरुन कोइराला, ओमक्ष   गंगाराज राई, गंगा कालिकोटे, मिस पूर्वाञ्चल २०१६ कृतिका गिरी लगायत रहेका थिए ।