रेस्टुराँ ब्यवसायमा नायिका सपना

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

कतिपय नेपाली कलाकारहरु कलाकारितासँगै बिभिन्न ब्यवसायमा पनि आबद्ध छन् । निकै ब्यस्तहुने कलाकारहरु फुर्सदमा ब्यवसायलाई समय दिन्छन् भने ब्यस्त नहुनेहरु कलाकारितालाई ‘पार्ट टाइम’ बनाएर अन्य समय ब्यवसायलाई दिएका हुन्छन् । यसैबिच केहि चलचित्र तथा म्युजीक भिडियोमा काम गरेकी नायिका सपना लामिछानेपनि रेस्टुराँ ब्यवसायमा होमिएकी छिन् ।

ठमेलको क्षेत्रपाटीमा ‘मेन्सन लाउन्ज’ सञ्चालनमा ल्याएको सपना बताउँछिन् । सपनाका अनुसार परिवारको सहयोगमा दुई करोडको लगानी गरेकी छिन् । सपना भन्छिन् ‘कलाकारिता सँगै केहि ब्यवसायपनि गर्नुपर्छ भन्ने पहिलेदेखीको सोँच हो । आज आएर परिवारको सहयोगमा आँटेकी छु ।’ रेस्टुराँ औपचारिक रुपमा उद्घाटन गर्न बाँकी रहेको र केहि दिनमै भब्य कार्यक्रमका बिच उद्घाटन गर्ने सोचमा रहेको उनी बताउँछिन् ।

सपनाले अभिनय गरेका तीन चलचित्र मध्ये ‘बिन्दास लाइफ’ दर्शकमाफ चिनिएको चलचित्र हो । उनले दर्जन बढी म्युजीक भिडियोमा पनि अभिनय गरेकी छिन् । सपनाले अब एकबर्षका लागी कलाकारितालाई ब्रेक गर्ने सोचमा रहेको बताइन् ।