‘बुद्ध वर्न इन नेपाल’को बिशेष शो

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

एसिड पीडित मुस्कान खातुनको सहयोगका लागि नेपाली चलचित्र ‘बुद्ध वर्न इन नेपाल’को विशेष शो आयोजना गरिएको छ । चारबर्ष अघि हलमा प्रदर्शन भइसकेको यो चलचित्र ‘लाइन्स क्लब अफ काठमाण्डौ’को नेतृत्वमा  मुस्कानलाई सहयोग गर्ने उद्देश्यले सोमबार आयोजीत विशेष शोमा राननितिज्ञ तथा चलचित्रकर्मिहरुको उपस्थिती रहेको थियो । विशेष शोबाट उठेको रकम मुस्कानको उपचारको लागि दिइएको छ ।

अबको केही दिनमा विशेष शोबाट उठेको रकम र थप केही रकम जोडेर मुस्कानलाई हस्तान्तरण गरिने आयोजक संस्था लाइन्स क्लवले बताएको छ । चलचित्रको विशेष शोमा उपस्थित पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले मुस्कानलाई सबैले सहयोग गर्नुपर्ने बताए । उनी भन्छन् ‘एसिड हान्ने, छुरी हान्ने जस्ता कुरालाई रोक्नुपर्छ । र त्यस्तो काम गर्नेलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ ।’ नेपाललाई एसिड हान्नेलाई फासि दिने निर्णय ल्याउन सकिन्छ कि नाई भन्ने सञ्चारकर्मिको प्रश्नमा उनी भन्छन् । ‘म यो भन्दा अघि संबिधान बनाउने क्रममा अन्य साथीहरुसँगै थिए । माफिको कुरा नउठेको पनि होइन तर मानव अधिकारकर्मिका साथीहरुले माफिको कानुन उपर्युक्त नहुने बताएका कारण त्यो कारण बन्न सकेन । तर एसिड हान्नेलाई कडा कारबाही हुनैपर्छ ।’ मुस्कानको पढाईको लागि सरकार समक्ष सहयोगको कुरा गर्ने पनि उनले विश्वास दिलाए ।

विशेष शोमा यो चलचित्रका नायक तथा निर्माता रमित ढुंगाना पनि उपस्थित थिए । उनले, आफूले मुस्कानको सहयोगका लागि चलचित्र उपलब्ध गराएको बताए । चलचित्र हेर्न मुस्कान पनि हलमा पुगेकी थिइन् । चलचित्र हेरेपछि मुस्कानले भनिन् ‘मलाई अहिलेसम्म धेरै जनाले सहयोग गर्नुभएको छ । यो सहयोगको लागि पनि सम्पूर्णलाई धन्यवाद । तपाईहरुको सहयोगले मैले लक्ष्य भेट्नेछु ।’ मुस्कानले आफूलाई एसिड हान्नेलाई फासि अथवा जन्मकैदको सजाय मागिन् ।