मिस्टर नेपाल अवसरको बाटो होः सन्तोष

आर्टिष्ट खबर/ पुस, काठमाडौं  ।

मिस्टर नेपाल २०१९ बनेका सन्तोष उपाध्यायले उपाधि पाउनु आफ्नो लागी ठूलो उपलब्धि भएको बताएका छन् । सन्तोषले उपाधिलाई उपाधिको रुपमा मात्र राख्न नहुने र अवसरको बाटो खुलेको भन्दै धेरै गर्न सकिने बताएका छन् ।

‘यो उपाधि मेरोलागी ठूलो हो । अवसरको बाटो खुलेका छन् । नेपाललाई विश्वसामु चिनाउने ठूलो अवसर हो ।’ सन्तोषले भने । उनले आगामी मिस्टर वल्र्डका लागी नेपालको प्रतिनिधित्व गर्नेछन् । ‘मैले अहिलेसम्म २६ वटा देश घुम्दै गर्दा धेरै देशलाई नेपाल पनि छ भन्ने थाहा नभएको पाएको छु । सुरुमा त हाम्रो देश नेपालको बारेमा अन्य देशलाई थाहा दिनुछ । मेरो लागी यो एक अवसर पनि हो ।’ सन्तोषले भने । ‘आजको दिनसम्म आउनका लागी सहयोग पु¥याउनु हुने आयोजक टिम तथा अन्य सहयोगी मनहरुलाई सम्झिन चाहान्छु ।’

मिस्टर नेपाल तथा मिस नेपाल बन्नेहरु प्राय चलचित्रक्षेत्रलाई पेशा बनाएको पाइन्छ । यस्तै सन्तोषले पनि चलचित्रक्षेत्रमा आउने सम्भावना के छ भन्ने सञ्चारकर्मिहरुको प्रश्नमा भन्छन् ‘मलाई बिशेष गरी रियल हिरो बन्न मन छ अर्थात सामाजिक काम गरेर समाजको हिरो बन्न मन छ । यसो भनिरहँदा चलचित्रमा काम गर्दैगर्दिन भनेको होइन । यदि राम्रो स्क्रिप्ट आउँछ भने तयार हुन्छु ।’

गएको बिहीबार राती होटल अन्नपूर्णमा सम्पन्न ‘मिष्टर नेपाल २०१९’को ग्रान्ड फिनालेमा २१ प्रतिस्पर्धी सहभागी दिए जसमा मोष्टट्यालेन्ट र मोष्टफोटोजेनिकको उपाधि पनि सन्तोषको हातमा गएको थियो । सन्तोषले शिर्ष उपाधिको साथमा मोटरबाइक, नगद २५ हजारको साथमा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरे । अछाम ओली गाउँका सन्तोष स्वस्थ्य पेसामा कार्यरत रहेका छन् ।

एक्सपोज नेपालको आयोजना रहेको र शिवानी एयर मुख्य प्रायोजक रहेका प्रतिस्पर्धामा दिलराज न्यौपाने फस्ट रनरअप र विमल पाण्डे सेकेन्ड रनरअप चुनिदा प्रिन्स अभी थर्ड रनरअप र अभिनास चौधरी फोर्थ रनरअप घोषित भए ।

बरिष्ठ कलाकार कृष्ण मल्ल, विज्ञानराज शर्मा, केदार कोइराला, कोरियोग्राफर महेश केसी, भरत ढकाल, हिमानी सुब्बा, हरि सिल्वाल, मिष्टर नेपाल अक्षयजंग रायमाझी निर्णायक मण्डलीले नयाँ मिस्टर नेपाल छनोट गरेको हो । प्रतियोगीतामा सप टाइटल बेष्टट्रेडिसनल वेयर अरुण कुमार डंगोल, मिष्टर स्पोर्टस् लोकेस राज श्रेष्ठ, मिष्टर कन्जिइनेटली बिजय लामा, बेष्ट मोडल राहुल सिंह राजुत, मिष्टर मल्टिमिडिया हिट शंकर कुलङ, मिष्टर फिटनेश बिमल पाण्डे, मिष्टर डिजीपेय पपुलर अबिनाच चौधरीले प्राप्त गरे ।

१७ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुको सहभागीता रहने प्रतियोगिता युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्बेवार नागरिक बनाउने उदेश्यले नियमित आयोजना हुँदै आएको  छ । ‘मिष्टर नेपाल’ प्रतियोगीता २००१ देखि नियमित आयोजना हुँदै आएको नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो ।

(समाचार हिमालय टाइम्समा प्रकाशित छ)