मुस्ताङलाई चिनाउँदै रामजी र संगीता, सांसदको एकबर्षको तलबभत्ता लगानी

आर्टिष्ट खबर/ पुस, पोखरा ।

पर्यटन बर्ष सन् २०२०मा मुस्ताङमा पयर्टक बढाउने उद्देश्यले जिल्लाको प्रबद्र्धनात्मक दई नयाँ गीत सार्वजनिक गरिएको छ । मुस्ताङको पर्यटकियस्थल लोमन्थाङ्गलाई केन्द्रित गरी लोमन्थाङ्ग गाँउ र लोमन्थाङ्गमै बसम् बोलको दुई गीत बुधबार पोखरामा एक कार्यक्रमका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका हुन् ।

भिडियो मुस्ताङका सांसद इन्द्रधारा बिस्टले निर्माण गरेका हुन् । मुस्ताङमा पयर्टन बर्ष सन् २०२०मा पर्यटकको संख्या बढाउनका लागी र मुस्ताङका पयर्टकियस्थलका बारेमा सबैलाई जानकारी होस् भनि आफ्नो एकबर्षको पारिश्रमिक उक्त गीतमा लगानी गरेको उनको भनाई छ । लोमन्थाङ्गमै बसम् बोलको गीतमा गायक रामजी खाँण र गायिका संगीता थापा मगरको स्वर रहेको छ भने गीतको भिडियोमा पनि रामजी र संगीताकै अभिनय रहेको छ । यस्तै लोमन्थाङ्ग गाँउ बोलको गीतमा जुनु रिजाल र बिबि अनुरागीको स्वर रहेको छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले गण्डकी प्रदेश आफैमा प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको प्रदेश भएकाले भ्रमण वर्ष २०२० सफल हुनेमा कुनै शंका नरहेको वताए । गण्डकी प्रदेश हिमालदेखी तराइ सम्म फैलिएको र अन्य प्रदेशहरुमा भन्दा बढी मात्रामा पर्यटकीय गतिविधीहरु सञ्चालन भइरहेकाले पनि भ्रमण वर्ष सफल हुने उनको भनाइ रहेको थियो ।

यस्तै कार्यक्रममा सहभागी भएकी गायिका संगीता थापा मगरले पर्यटनबर्षलाई केन्द्रित गरी मुस्ताङलाई चिनाउने गीत गाउँन पाउँदा खुसी लागेको बताइन् । संगीताले भिडियो छायांकनको समयमा मुस्ताङका बिभिन्न ठाउँमा प्रत्यक्ष घुम्ने अवसर पाएको र मुस्ताङले साँच्चैनै मन लोभ्याउने भएकाले सबैलाई एकपटक पुग्न आग्रह गरिन् । गयक रामजी खाँण भने कार्यब्यस्तताले गीत सार्वजनिक कार्यक्रममा पुग्न सकेनन् ।  हिमालपारिको जिल्ला उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रको पुरातात्विक, ऐतिहासिक, प्राकृतिक र सांस्कृतीक सम्पदाको प्रवद्र्धन गरी भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले लोमान्थाङ गाउ वोलको आधुनिक र लोमन्थाङमै बसम् वोलको लोक गीत निर्माण गरिएको हो ।

आधुनिक गीतको भिडियोमा भने निशा गुरुङको अभिनय रहेको छ । दुवै गीतको शब्द रचना रमेश बिजीले गरेका हुन् । दुवै गीतमा बिबी अनुरागीकोे संगीत संयोजन छ भने म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका छन् । भिडियो छायांकन भने राजेश घिमिरेले गरेका हुन । प्रिजीमा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतहरुको पोष्ट प्रोडक्सन साइभिजन प्रा.लि.को रहेको छ ।

उक्त गीतहरुको छायांकन उपल्लो मुस्ताङको लोमान्थाङ बजार, चराङ, मराङ र चैले र तल्लो मुस्ताङको छुसाङ, कागबेनी, मुक्तिनाथ, धौलागिरि र निलगिरि बेसक्याप लगायतका क्षेत्रमा गरिएको हो । उक्त गीत लाफा म्युजिक युट्युव मार्फत बजारमा ल्याइएको छ ।

Video:

(समाचार हिमालय टाइम्समा पनि प्रकाशित छ)