कामना अवार्डमा नीर शाह र सन्तु तामाङलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

बर्षेनी आयोजना हुदै आएको ‘कामना फिल्म अवार्ड’ यसबर्ष पनि सम्पन्न भएको छ । ललितपुरको हेसिटेज गार्डेनमा सम्पन्न अवार्ड समारोहमा दुई चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो । कलाकार नीर शाह र प्राविधिक सन्तु तामाङलाई उक्त अवार्डबाट सम्मान गरिएको हो । कामना मासिकको आयोजनामा भएको अवार्ड समारोहमा पर्दा भित्र र पर्दा बाहिरका गरि २ चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको हो ।

यस वर्षको सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्रसादले पायो । यस्तै नव अभिनेत्रीको अवार्ड नायिका सुहाना थापाले पाइन् भने सर्वोत्कृष्ट नव अभिनेता अवार्ड उमेश थापाले पाउन सफल भए । यस्तै सर्वोत्कृष्ट पपुलर च्वाइस अवार्ड स्वस्तिमा खड्काले पाइन् । अवार्ड समारोहमा स्वस्तिमा उपस्थित नभएका कारण निर्देशक दीपा श्री निरौलाले सो अवार्ड ग्रहण गरेकी थिइन् । बर्षको सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड नम्रता श्रेष्ठले पाइन् भने सर्वोत्कृष्ट अभिनेतामा विपिन कार्कीले अवार्ड पाउन सफल भए । यस्तै सर्वोत्कृष्ट निर्देशक अवार्ड दिनेश राउतले पाए ।

सर्वोत्कृष्ट कृटिक्स अवार्ड फर थिएटर शृजना सुब्बाले पाइन् भने सर्वोत्कृष्ट कृटिक्स अवार्ड फर फेसन ग्यानीशोभा तुलाधरलाई प्रदान गरियो ।

अवार्ड समारोहमा चलचित्रकर्मीहरुको उपस्थिती बाक्लो थियो । कार्यक्रममा नायिका करिश्मा मानन्धर, पूजा शर्मा, स्वस्तिमा खड्का, सुहाना थापा, मेनुका प्रधानदेखि निर्देशक दीपाश्री निरौला, झरना थापा, दिवाकर भट्टराई लगायत पुगेका छन् । यस्तै, हाँस्य कलाकारहरु केदार घिमिरे, जितु नेपाल, कलाकार प्रशान्त ताम्राकार लगायत पनि अवार्ड समारोहमा पुगेका छन् ।

कार्यक्रमको संचालन नायक राजेश हमाल, गौरी मल्ल लगायतले गरेका छन् । यस्तै, अवार्ड समारोहमा नायक भूवन केसी, रमेश उप्रेती, धिरेन शाक्य, पल शाह, गौरव पहारी लगायत पुगेका छन् । कलाकारहरुले ‘कामना मासिक’ले चलचित्र क्षेत्रको विकासका लागि ठूलो योगदान पु¥याएको भन्दै अवार्डमा उपस्थित भएको बताए ।

अवार्ड २६ विधामा प्रदान गरिएको थियो । केहिसमय अघि सार्वजनिक उत्कृष्ट ५ को मनोनयन सूचीको आधारमा उत्कृष्ट एकले अवार्ड पाएका थिए ।