हत्याको आरोपमा नायिका पक्राउ

एजेन्सी ।

हलिउड अभिनेत्री मोली फिट्जगेराल्ड आफ्नी आमाको हत्याको आरोपमा पक्राउ परेकी छिन् । ओलाथे प्रहरी विभागले ३८ वर्षे अभिनेत्रीलाई नयाँ वर्षको पूर्व सन्ध्यामा पक्राउ गरिएको ट्वीटरमार्फत् जानकारी दिएको छ । उनलाई आमालाई चक्कु घोपेर हत्या गरेको आरोपमा समातिएको हो ।

फक्स न्यूजका अनुसार मोलीकी आमा पेट्रिका टी फिट्जगेराल्डको उमेर ६८ वर्षको थियो । अभिनेत्री मोली फिट्जगेराल्डले अहिलेसम्म आफूमाथि लागेको आरोपमाथि कुनै स्पष्टिकरण दिएकी छैनन् । प्रहरीका अधिकारीका अनुसार मोलीकी आमा प्याट्रिशिया ईं फिट्जगेराल्डको घरमा झगडाको सूचना पाइएको थियो । पुलिस त्यहाँ पुग्दा उनलाई रगताम्मे अवस्थामा भेटिएको थियो । उनीमाथि चक्कुमार्फत् हमला गरिएको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको थियो । अनुसन्धानपछि पुलिसले मोलीलाई पक्राउ गरेको छ ।

अभिनेत्री मोली चर्चित चलचित्र ‘क्याप्टेन अमेरिकाः द फष्र्ट एभेन्जर’की कलाकार हुन् । आइएमडीबीका अनुसार क्रिस इवान स्टारर ‘क्याप्टेन अमेरिकाः द फष्र्ट एभेन्जर’ मा एउटा सानो भूमिकामा थिइन् । यो चलचित्र निकै चर्चित भएको थियो । यसको कमाइले संसारभरीका चलचित्रको कमाईको थुप्रै रेकर्ड तोडेको थियो । यसबाहेक मोली एक निर्माता निर्देशक पनि हुन् । उनले सन् २०१४ मा ‘द लफूल ट्रुथ’ र सन् २०१७ मा ‘द क्रिप्स’  निर्माण गरेकी छिन् ।