कीर्तिपुर रंगमञ्चमा ‘जामुनको रुख’

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

सरकारी सचिवालय अगाडि बूढो जामुनको रुख ढलेर एक आम मान्छेलाई थिच्छ । थिचिएको मान्छे निकाल्न कसैले जिम्मेवारी ठान्दैनन् । उद्धार गर्नुको सट्टा कर्तव्य र मानवीयतालाई पाखा लगाएर एकपछि अरुलाई जिम्मेवारी पन्छाउँन खोज्छन् । अझै थिचिएको मान्छेप्रतिभन्दा ठिक उल्टो ढलेको बूढो जामुनको रुखप्रति सहानुभूति प्रकट गर्दै अमानवीयताको हदसम्म पुग्छ ।

यो कथा जामुनको रुखः सेमलेस भल्गारिटी’ नाटकमा समावेश गरिएको एक अंश हो । यसरी नै कीर्तिपुर राराहिलस्थित थिएटर मल–कीर्तिपुर रंगमञ्चमा शुक्रबाटबाट नाटक सुरु भएको छ । कृष्ण चन्दरको कथामा आधारित यो नाटक रंगकर्मी केदार श्रेष्ठले नाटकको लेखन, परिकल्पना तथा निर्देशन गरेका छन् ।

गत वर्ष फागुनमा नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवबाट नाटकघर कीर्तिपुर रंगमञ्चको उद्घाटन भएको थियो । यस बीचमा विभिन्न कार्यशाला तथा केही नाटकहरु मञ्चन भएपनि नियमित मञ्चन भने ‘जामुनको रुख’बाट भएको हो । हाँस्यव्यंग्य शैलीमा प्रस्तुत गरिएको यो नाटक ७० मिनेट लामो छ । समग्रमा ‘जामुनको रुख’ वर्तमान जटिल र बिसंगत सामाजिक– राजनीतिक अवस्थाको सपाट कथा हो । पद र पावरमा रहेकाको अनिर्णय, अनियमितता, अकर्मण्यता, अव्यवस्था, असंवेदना, अमानवीयता लगायतको कथा हो । वर्तमान समयमा  खोक्रिदैं गएको सरकारी प्रणाली, राजनीतिक व्यवहार र कर्मचारी संयन्त्रमाथिको सिधा व्यङ्ग्य हो । यसर्थ यो नाटकलाई निर्देशकले दिएको अंग्रेजी सबटाइटल ‘सेमलेस भल्गारिटी’ अर्थात् लाजविहिन अश्लीलता सार्थक लाग्छ । उर्दू र हिन्दी भाषी साहित्यकार कृष्ण चन्दरको लोकप्रिय कथामध्ये एक ‘जामुनको रुख’जस्तै नाटकलाई पनि सरल र सरस रुपमा प्रस्तुत गर्ने प्रयास मञ्चमा देखिन्छ ।

एकदमै सामान्य कथालाई रमाइलो, सुन्दर र अर्थपूर्ण दृश्यहरुमा नाटकमा सटिक रुपमा उतारिएको छ । नाटकले प्रष्टै रुपमा नेपाली सरकारी कार्यालय, त्यहाँका कर्मचारी र काम गर्ने तौरतरिकालाई दृश्यात्मक कथा भन्दै यस परिपाटी भोग्न बाध्य आम मान्छेको निरिह अवस्थालाई चित्रण गरेको छ । नाटक माघ ४ गतेसम्म हरेक दिन बेलुकी ४ः३० बजे र शनिबार दिउँसो २ बजे पनि कीर्तिपुर रंगमञ्चमा मञ्चन हुनेछ । ‘जामुनको रुख’मा शंकर भण्डारी, कञ्चन संग्रौला, मनिष ब्याञ्जु, शक्ति पाख्रिन, हिरा महर्जन, स्नेहा रसाइली, रोसन केसी, सरोज राईले अभिनय गरेका छन् ।