‘दुःखको काँडा’ भिडियोमा पल र आँचल

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को दोस्रो गीत दुःखको काँडा’ को गीतको भिडियोमा नायक पल शाह र नायिका पूजा शर्माले काम गरेका छन् । सुदर्शन थापा निर्देशीत यो चलचित्रको पहिलो गीत ‘तिम्रो घरको वरिपरि’ सार्वजनिकसँगै सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले बिहीबार दोस्रो गीत सार्वजनिक गरेको हो ।

अर्जुन पोखरेलको संगीत रहेको गीतमा देवल भण्डारीको शब्द र सनिष श्रेष्ठको स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको अडियो र भिडियो दुबै सशक्त छ । फागुन २३ गतेबाट प्रदर्शनमा आउने ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । पूजा र सुदर्शन फिल्मका निर्माता हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म सौरभ लामाले खिचेका हुन् ।

दुई वर्ष अगाडिको सुपरहिट चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल भएका कारण यो चलचित्रले बक्सअफिसमा आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । त्यसो त निर्देशक सुदर्शनका हरेक फिल्मको दर्शकमा निकै प्रतिक्षा रहने गर्दछ ।