श्रृङखलाको ‘तिम्रो आवाज’ सार्वजनिक

आर्टिष्ट खबर, पुस, काठमाडौं । श्रृङखला जोशीको स्वरमा ‘तिम्रो आवाज’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीको नेपाल संगीत बिद्यालयको सभाहलमा आयोजीत एक कार्यक्रमका बिच गीतको बिमोचन गरियो । उदय सोताङ्गको कम्पोज रहेको गीतमा बिष्णु बाबु देवकोटाको शब्द र कृष्ण लिम्बुको एरेञ्ज रहेको छ ।

द भ्वाइस अफ नेपालको सिजन दुई सहभागी भएर चर्चामा आएकी श्रृङखलाको यो पहिलो गीत हो । श्रृङखला बरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीकी छोरी हुन् । कार्यक्रममा श्रृङखलाले आफ्नो पहिलो गीत निर्माणको क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरिन् । गीतको भिडियोमा उनी आफैले अभिनय गरेकी छिन् भने उनलाई अभिनेता अजस्र ढुंगानासँगले साथ दिएका छन् । भिडियोमा आमाको भूमिकामा नेपालको पहिलो चलचित्र नायिका भूवन चन्दले अभिनय गरेकी छिन् ।

सुब्रत राज आचार्यले निर्देशन गरेको भिडियो ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने नविन निरौलाले सम्पादन गरेका छन् ।