साँगीतिक धुनमा लठ्ठिए दर्शक

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

‘चौतारी समुह’  सांगीतिक समुह मार्फत त्यहाँ नेपाली धुन प्रस्तुत गर्दै आएका पञ्च लामा र श्रबण लामाले ललितपुरमा आफ्ना धुनबाट दर्शकको मन जितेका छन् ।ललितपुरको जाउलाखेल स्थित डिएभी स्कुलको बुद्ध हलमा शनिबार साँझ यी दाजु भाईले नेपाली मौलिक धुनहरुको सँगीतिक कार्यक्रम ‘चौतारी साँझ’ प्रस्तुत गरे । कार्यक्रममा पुगेका करिब ८ सय दर्शक पञ्च र श्रबणको सँगीतिक धुनमा करिब दुई घन्टा मन्त्रमुग्द भए ।

आयोकज संस्था चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सुरुवातमा पञ्च लामाको ३५ वर्षीय साँगीतिक यात्राको बारेमा लघु बृत्तचित्र प्रस्तुत गरिएको थियो । करिब दुई घन्टाको बसाईमा कार्यक्रममा पञ्च लामाले आफैं सृजना गरेको१६ ओटा सँगीतिक धुनहरु प्रस्तुत गरे  । उनले ती धुन सृजनाको कथा, धुनको मौलिकता र आफ्नो सँगीतिक जीवनको आरोह अबरोहका प्रसँग बाचन सहित धुनहरु प्रस्तुत गरेका हुन् ।

पञ्चलाई सो साँगीतिक साँझमा चौतारी व्यान्डका श्रबण लामाले तवलामा, जापानी कलाकार तेराकादो मित्सुगुले गिटारमा, अनुप दासले बेस गिटारमा र शम्भु बानियाँले पर्कसनमा साथ दिएका थिए ।