तेलिगुको ‘अर्जुन रेड्डी’को नेपाली रिमेकको जिम्मा युवा फिल्मसलाई

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नेपाली चलचित्र निर्माण तथा वितरक कम्पनी युवा फिल्मस्ले तेलिगु सफल चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन निर्माणको जिम्मा पाएको छ ।  अर्जुन रेड्डीको नेपाली भर्सन युवा फिल्म्सको ब्यानरमा बन्ने आधिकारिक जानकारी युवा फिल्म्सको तर्फबाट केशव खड्का र आशिश श्रेष्ठले दिएका छन् ।

‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

साउथ स्टार विजय देवगरकोन्डा अभिनीत यस चलचित्रलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए । चलचित्रले बक्स अफिसमा ५१ मिलियन कमाइ गरेको थियो । यसै चलचित्रको हिन्दी रिमेक ‘कबिर सिंह’ गत वर्ष प्रदर्शनमा आएको थियो । जसले निकै सफलता हात पारेको थियो । बलिउड नायक साहिद कपुर अभिनीत चलचित्रले बक्स अफिसमा ३७९।०२ करोड कमाइ गरेको थियो ।

ओरिजिनल र हिन्दी रिमेक दुवैले सफलता पाएका चलचित्रको नेपाली रिमेक बनाउने निकै चुनौती पूर्ण काम हो भने यसले सुरुवात गरेको कार्य नेपाली चलचित्रलाई विश्व माझ पुर्‍याउने एक अवसर पनि हो । युवा फिल्म्सले यस अघि नेपाली चलचित्र कबड्डी , पुरानो डुङ्गा लगायतका चलचित्र यु।एस।एमा वितरण गरिसकेको छ । साथमा युवा फिल्म्सको ब्यानरमा चलचित्र ुसफरु निर्माण भएको छ । यसरी राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो । चलचित्रका कलाकार लगायत अन्य टिमको बारेमा छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।