सेल्फि खिचेर बिजेता बन्ने अवसर

आर्टिष्ट खबर/ माघ, काठमाडौं  ।

चलचित्र ‘सेल्फी किङ’को केहिदिन अघिमात्रै ट्रेलर सार्वजनिक भयो । अधिकांशले अभिनेता विपिन कार्कीको फरक अभिनय र लुक्स हेर्न पाइने भयो भन्ने प्रतिक्रिया दिएका छन् । चलचित्रको ट्रेलरले सकारात्मक प्रतिक्रिया बटुलिरहेका बेला निर्माण टिमले पपुलर एप हाम्रो पात्रोसँगको सहकार्यमा ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ ल्याएको छ ।

ह्युमर र कमेडी हाउभाउमा खिचिएको सेल्फीमा आफ्नो तस्विर खिचेर इच्छुक सहभागीहरुले हाम्रो कम्युनिटी मार्फत आफ्नो सेल्फी पोष्ट गर्न सक्नेछन् । त्यसरी पोष्ट गरिएको सेल्फीमा सहभागीहरुले विभिन्न मेकअपको प्रयोग समेत गर्न सक्नेछन् । तर त्यो अनिवार्य भने छैन । पोष्ट गरिएका सेल्फीहरु मध्य विजेता छनौट गर्दा अनिवार्य कमेडी हाउभाउमै खिचिएका सेल्फीलाई प्राथमिकता दिइनेछ ।

त्यसरी खिचिएका तस्वीरहरुमा आएका अत्याधिक लाइक र कमेन्टसँगै ‘सेल्फी किङ’ निर्माण टिमले विजेता छनौट गर्नेछ । माघ ५ देखि माघ २० सम्म सहभागिता जनाउन सकिने यस प्रतियोगिताको विजेताको घोषणा माघ २१ गते हाम्रो पात्रो मार्फत गरिनेछ । यस प्रतियोगिताका विजेतालाई कलाकार तथा निर्देशक अनुप बरालको एक्टर्स स्टुडियोमा ३ महिनाको अभिनय तालिमको छात्रवृति प्रदान गरिनेछ भने अन्य १० जनालाई सान्त्वना पुरस्कार स्वरूप प्रिमियरको पास जनही २ वटाको दरले उपलब्ध गराइनेछ ।

यस प्रतियोगिताले ‘सेल्फी किङ’ झैँ कलाकार बन्ने सपना बोकेको व्यक्तिलाई सहयोग गर्नेमा फिल्मका निर्माता दिनेश राउत विश्वस्त छन् । आफ्ना प्रयोगकर्तालाई यसले फाईदा पुर्याउने र नेपाली फिल्मको प्रवर्धनमा पनि टेवा पुग्ने भएकोले यस प्रतियोगितालाई अगाडी ल्याइएको हाम्रो पात्रोका एमडी सन्तोष देवकोटाले बताए ।

दिनेश राउत र सुवास थापाले संयुक्त लगानी गरेको यो चलचित्रमा विपिनसंगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् । चलचित्र यहि माघ २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।