सुमितले खोले लुक्स यूनिसेक्स सैलुन

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

नेपाली चलचित्र निर्माता तथा हल व्यवसायी सुमित मैनालीले काठमाडौंको दरबारमार्गमा ‘लुक्स यूनिसेक्स सैलुन’ सञ्चालनमा ल्याएका छन् ।  शेर्पा मलमा रहेको उक्त सैलुन बिहीबार कलाकारहरुको हातबाट उद्घाटन गराइयो ।

सैलुनको उद्घाटन गर्न नायिकाद्धय पूजा शर्मा र वर्षा राउतको साथमा नायक आकाश श्रेष्ठ र निर्देशक दीपाश्री निरौला पुगेका थिए । उनीहरुले रिबन काटेर ‘लुक्स’को उद्घाटन गरे । सञ्चालक सुमितले पछिल्लो समय मानिसहरु आफ्नो लुक्समा पनि गम्भिरता पूर्वक लाग्न थालेकोले सबैलाई हुने सैलुन खोलेको बताए । यस्तै उनले मानिसहरु खानेकुरामा जुन तरिकाले पैसा खर्च भइरहेको छ मानिसले त्यो अनुसार लुक्समा खर्च नगरेको बताए । ‘हाम्रो सैलुनले महिला वा पुरुष दुबैलाई आफ्नो लुक्समा पनि ध्यान दिन सहयोग गर्छ ।’ उनी भन्छन् ‘अहिले सैलुनमा जाने मानिसहरुले गोप्यता समेत खोजीरहेका छन् । हामीले, यसको समेत सुविधा दिएका छौ ।’

यस्तै निर्देशक दीपाश्री निरौलाले कलाकारहरुले बिशेष गरी फेसनमा धेरै ध्यान दिनुपर्ने भएकाले यस सैलुन उपयुक्त भएको बताइन् । यस्तै नायिका पुजा र वर्षाले पनि लुक्सको सेवा मन परेको बताए ।