कोरियामा नेपाली संस्कृति झल्किने फोटो प्रदर्शन, सीताको नृत्य

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

दक्षिण कोरियामा नेपाल भ्रमण बर्ष २०२०लाई लक्षित गर्दै नेपाली राजदुतावास सौल र कोरियाका सक्रिए नेपाली सामाजिक संघसंस्थासँगको सहकार्यक्रमा नेपाली साँस्कृतिलाई प्रबद्र्धन गर्दै फोटो प्रदर्शनी गरिएको छ ।

यहि जनवरी ११ शनिबार साँझ ६ बजेदेखी ८ बजेसम्म भएको कार्यक्रममा एनआरएनए अध्यक्ष यज्ञराज सुबेदी, नेपाली नेपाल इम्बेसी सौल कार्यबाहक अध्यक्ष राम थापा तथा अन्य समाजसेवीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा एनआरएनए अध्यक्ष सुबेदीले कार्यक्रम गर्दा नेपाल भ्रमणबर्षलाई सहयोग हुने किसिमले गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाली धार्मिकस्थल, पर्यटकिय स्थलका बिभिन्न फोटो प्रदर्शनी गरिएको थियो । कार्यक्रममा नेपालबाट एक खुट्टाले नृत्य गर्ने नृत्यांगना सीता सुवेदीको पनि प्रस्तुती रहेको थियो । नेपाली गीतमा नेपालको झण्डासहित नृत्य गरेकी सीताले नेपाल भ्रमण गर्न आग्रह गरिन् । सीता बिगत एक महिनादेखी कोरियामै आयोजना भइरहेका कार्यक्रममा सहभागी भइरहेकी छिन् ।