१२ सत्ताइसको कन्सेप्टले तान्योः अभिषेक

गोपिकृष्ण चापागाईं / माघ, काठमाडौं ।

नवअभिनेता अभिषेक नेपाल उदाउँदा कलाकार हुन् । चलचित्र ‘नाई नभन्नु ल ५’बाट अभिनयमा डेब्यु गरेका अभिषेकले आज (शुक्रबार)बाट प्रदर्शनमा आएको उनको दोस्रो चलचित्र ‘१२ सत्ताइस’मा काम गरेका छन् । ‘नाई नभन्नु ल ५’मा नायिका स्वस्तिमा खड्कासँग स्क्रिन सेयर गरेको अभिषेक एक ‘इनोसन्ट’ भूमिकामा थिए । चलचित्रले खासै ठूलो ब्यापार गर्न नसकेपछि उनको कामको प्रसंसा भने भएको थियो । आफ्नो पहिलो चलचित्रको काम सकेपछि आफ्नो पढाईमा फोकस भएका अभिषेक अहिले पनि दोस्रो चलचित्रको प्रमोशनमा निकै ब्यस्त छन् ।

‘१२ सत्ताइस’मा उनी एक बेरोजगार युवाको भूमिकामा देखिदैछन् । तीन बेरोजगार युवाहरुको काठमाडौंको दिनचर्याको बिषयमा बनेको ‘१२ सत्ताइस’को कथा र ‘मेकिङ कन्सेप्ट’ आफूलाई मन परेकोले चलचित्रमा काम गर्न राजी भएको उनको भनाई छ । ‘नाई नभन्नु ल ५ पछि अन्य केहि चलचित्रबाट पनि कुरा आएका थिए तर कतिको कथा र मेकिङ कन्सेप्ट राम्रो लागेन तर १२ सत्ताइस टिमले स्क्रिप्ट सुनाउने क्रममा जुन कन्सेप्ट सुनाउने भयो त्यो कुराले मेरो मन तानिएको हो ।’ अभिषेकले भने । ‘चलचित्र राम्रो बनेको छ जहाँसम्म लाग्छ मेकिङको कुरामा अहिलेसम्म नेपाली चलचित्रमा यस्तो बनेको छैन ।’

अभिषेकले चलचित्रमा आफूले निकै मिहिनत गरेको बताउँछन् । साथै पछिल्लो समय नेपाली चलचित्रको ब्यापार खस्किरहेको अवस्थामा १२ सत्ताइसले कस्तो ब्यापार गर्ला भन्ने जिज्ञासामा उनी भन्छन् ‘चलचित्र राम्रो बन्दा बन्दैपनि प्रमोशन नपुग्दा दर्शक हलसम्म नआउने अवस्था पनि हुनसक्छ । त्यसो कुरालाई मध्यनजर गर्दै हामी प्रमोशनमा केहि समय अघिदेखी नै खटिएका छौं ।’ उनले चलचित्र राम्रो बनेरमात्र नहुने र प्रचारप्रसार पनि उत्तिकै गर्नुपर्ने तर्क राखे । यस्तै अभिषेकले आगामी दिनमा एक एक्शन चलचित्रमा आफूलाइ अभिनय गर्ने इच्छा भएको पनि बताए ।

१२ सत्ताइस चलचित्रमा अभिषेकसँगै अस्मिता लामिछाने, समीर श्रेष्ठ, काजी राना, सम्रान्त थापा, एभोन राज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्रध्वज मल्ल, करन साउँदको मुख्य अभिनय रहेको छ । ह्याप्पी प्ल्यानेट फिल्मस् र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र रेणु राना, दिपक खातिवडा र रुपक थापाले निर्माण गरेका हुन् ।

गौतम शाहा सह निर्माता रहेको चलचित्रमा अनिश स्याङ्गदेनको छायांकन, कृष्ण भण्डारीको सम्पादन, विक्रम स्वारको कोरियोग्राफी रहेको छ । चलचित्र जोन योन्जनले निर्देशन गरेका छन् । (समाचार हिमालय टाइम्समा प्रकाशित छ)