आस्थालाई कतै साथ कतै गाली

गोपिकृष्ण चापागाईं/ माघ, काठमाडौं ।

कहिलेकाँही साधारण मानिसले भन्दा कलाकार तथा अन्य उच्च पदस्त ब्यक्तिहरुको सानो गल्तिले पनि ठूलो रुप लिन सक्छ । कलाकारहरु, नेता तथा सरकारी पदमा रहेका ब्यक्तिहरुका फरक ब्यवहारले सामाजिक सञ्जाल तातिरहेको पाउँछौं । यसैबिच गएको दुईदिन यता नेपाली गीतसंगीतकी लोकप्रिय गायिका आस्था राउतको एक भिडियोले सामाजिक सञ्जाल तातेको छ ।

बिशेषगरी अहिले मानिसहरु फेसबुक र ट्विटरमा गायिका आस्थाको बिषयमा चर्चा गरिरहेका छन् । एक सांगीतिक कार्यक्रमका लागी भद्रपुर बिमानस्थलहुँदै जानेसोँचमा थिइन् । काठमाडौंको आन्तिरिक टर्मिनलमा चेकजाँचको क्रममा उनले एक महिला प्रहरीसँग गरेको ब्यवहार र प्रहरीले उनी प्रति गरेको ब्यवहारको चर्चा निकै छ । आस्थाले बिमानस्थलको भिडियो सार्वजनिक हुनुभन्दा अघि एक भिडियो फेसबुकमा सेयर गरिन् । यसपश्चात उनलाई सामाजिक सञ्जालमा समर्थन गर्ने धेरै भए तर जब खास के भएको थियो भन्ने बिषयमा बिमानस्थल भित्रको सिसिटिभी फुटेज बाहिरियो त्यसपछि आस्थालाई दुईप्रकारका प्रतिक्रिया आइरहेका छन् । कतिले आस्थाको गल्ति देखाएका छन् भने कतिले आस्थाले राम्रो गरेको र बिमानस्थलमा सर्वसाधारणलाई हेपाह प्रवृतिको ब्यवहार गरिने भन्दै मिश्रित प्रतिक्रिया दिएका छन् ।

यो बिषयमा अन्य थुप्रै सेलिब्रेटीले पनि आफ्नो तर्क राखिरहेका छन् । अधिकांशको प्रतिक्रियालाई हेर्ने हो भने आस्थाले जुन घटना घटिसकेपछि भिडियोमार्फत बोलेका शब्द र प्रस्तुत हुने शैलीलाई नराम्रो मानिएको छ । चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरीले शनिबार आफ्नो फेसबुकमा लेख्दै आस्थालाई माफि माग्न आग्रह गरे । उनले बरु आफूले पनि माफि माग्ने भन्दै उनलाई सुझाएका छन् । म पनि बिगतमा यस्ता धेरै घटनाहरू बाट गुज्रेको छू यस्तै प्रकारका घटनाहरू बाट पाठ पनि सिकेको छू भन्दै दीपकले कलाकारले गरेका क्रियाकलाप कतिपय अवस्थामा समाचार बनिदिँदा गल्ति नभएपनि गल्ति मानिदिने बताएका छन् ।

‘सेलेब्रिटी भनेको सेतो कपडा रहेछ, अरू रंगमा दाग नदेखिए पनि सेतोमा सानो दाग पनि देखिहालिन्छ । अत सहनु पर्ने हामिले नै रहेछ । बिदेशमा प्रायः यस्तो घटना हूदैन किनकि त्याँहा नेता मात्रै भिआईपि हुदैनन् धेरै कर तिर्ने ब्यापारिहरू , नाम चलेका खिलाड़ी, कलाकारहरू लाइ पनि भिआईपि मानिन्छ र सुबिधाजनक ढंगले चेक जाँच हुन्छ र भिडको सामना गर्नु पर्दैन र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ तर यो देशमा नेता मात्रै भिआईपि हो । यो संबेदनशीलता लाइ हामिले बुझ्नु पर्छ किनकि हामि भिड बाट नै गुज्रिनु पर्छ त्यस्तो अबस्थामा हामि सतर्क हुनै पर्छ’ दीपकले लेखेका छन् । ‘तिमिलाइ केहि नभइ त्यस्तो भनिनौ होला, तर बाहिर बाट हेर्दा तिमि नै अमर्यादित देखियो अतः यो घटना लाइ तिमिले हामिले सबैले एउटा पाठको रूपमा लिनु पर्छ, जे हुन्छ राम्रैको लागि हुन्छ । आज कतिपय स्ट्याटस हरू कलाकार यस्तै घमण्डी हुन्छन् भनेर आउछ दुख लाग्छ । त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनी सँग म माफी माग्छु, तिमि पनि माग, सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन, हामि सामान्य नागरिक नै हौ यो बास्तबिकता लाइ बुझौ ।’

यस्तै लोकप्रिय गायक राजेश पायल राईले गायिका आस्थालाई रुन्ची नबन भन्दै फेसबुकमा लेखेका छन् । उनले माया लिने कलाकारले घृणा पनि लिनुपर्छ भन्ने तर्क दिएका छन् । उनले लेखेका छन् ‘एर्पोर्ट मा साहरुख खानलाई त झन कट्टु मै चेक गरेको थियो त्यो उसको अधिकार हो अब रह्यो पुलिस ले कस्तो ब्यबहार ग¥यो ? चेकिङमा कफी, पानी लान पाइदैन इभन वाल्लेट (मनी ब्याग) पनि पाइदैन उनि बैनी हुन राम्री गायिका हुन अझ एक रियलिटी सोकि कोच पनि हुन आफ्नो इज्जत ठाउमा राख्नु पर्छ माया लिनेले घृणा पनि सहनु सक्नु पर्छ । तब न हामी कलाकार, उसै त हामी नाथे कलकार,  धेरै रुन्ची नबन अब तिमी ठुली भइ सक्यौ,  आस्था र एअरपोर्ट मा खटिएका कर्मचारी दुबै सुध्रिन आवस्यक ।’

सामाजिक सञ्जालमा सर्वसाधारण धेरैले प्रतिक्रिया तथा सुझाव दिएका छन् । एक सेलिब्रेटी भएपछि गलत तरिकाले प्रस्तुत हुन नहुने भन्दै आस्थालाई सुझाव पनि दिएका छन् भने कतिले प्रहरीको ब्यवहारलाई लिएर गाली गरेका छन् ।