जिन्दगीको के छ र भरमा विपिनको पिडा

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

चलचित्र ‘सेल्फी किङ्ग’मा समावेश ‘जिन्दगीको के छ र भर’ बोलेको पहिलो गीत सार्वजनिक गरिएको छ । विशाल सापकोटाको डेब्यू निर्देशनमा तयार भएको यो चलचित्रको लिरिकल भिडियो गीतमा सुभाष भुषाल छ । यस्तै गीतमा सुरज गैरेको शब्द र केतन क्षेत्रीको स्वर छ । यो गीत ‘प्रसाद’ को ‘सारङ्गी रोयो कहाँ रोयो’ फ्लेवरमा तयार पारिएको छ । संगीतकार सुभाषले नै ‘प्रसाद’ को गीतमा संगीत भरेका थिए ।

भिडियोमा अभिनेता विपिनको पिडाालाई प्रस्तुत गरिएको छ । विपिन यो चलचित्रमा एक सेलिब्रेटीको भूमिकामा छन् । एक सेलिब्रेटीले भोग्ने पिणा, उनीहरुको मनको दुख गीतमा राखिएको छ । चलचित्रमा एक हास्यकलाकारको तीन दिनको जीवन उतारिएको छ । यही माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको ‘सेल्फी किङ्ग’ को कथा निर्देशक विशाल सापकोटा आफैंले लेखेका हुन् ।

निर्देशक समेत रहेका दिनेश राउत र सुवास थापाले फिल्मको निर्माण गरेका हुन् । यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’ मा सहकार्य भएको थियो । प्रवल कोइराला र राजेश बिसुराल फिल्मका सह(निर्माताको रुपमा रहेका छन् । माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन् ।

सुशन प्रजापतिको छायांकन र जीवन थापाको सम्पादन रहेको फिल्ममा निर्मल कुमार लामाको कोरियोग्राफी छ । अभय बराल, भुवन चन्द, लोकमणी सापकोटा, जीवन भट्टराई, सविन बाँस्तोला, बलदीप राई, अमितेष शाहलगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा निर्मल कुमार लामाको कोरियोग्राफी रहेको छ भने सम्पादन जीवन थापाले गर्दैछन् ।