प्रदीपको ‘प्रेमगीत ३’ सुटिङ सकियो

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

यस वर्षको बहुप्रतिक्षीत चलचित्रको रुपमा हेरिएको ‘प्रेमगीत ३’ को सुटिङ सकिएको छ । युवास्टार प्रदीप खड्काको मुख्य भूमिका रहेको यो चलचित्र ७० दिनको तालिकामा सुटिङ सकिएको निर्माण टिमले जनाएको छ ।

निर्माता सन्तोष सेनका अनुसार गएको एक महिनादेखि मनाङको माइनल २४ डिग्री तापक्रम सम्ममा पनि सुटिङ गरिएको थियो । उनका अनुसार अब चलचित्रमा समावेश गरिने एक गीतको छायांकन मात्र बाँकी रहेको छ । मंगलवार छायांकन सकिएपछि बुधवार चलचित्र टिम काठमाडौं आइपुगेको छ । छायांकन सँगसँगै सम्पादन पनि एकसाथ चलिरहेको थियो । अब, चलचित्रको कलर करेक्सन, ब्याकग्राउन्ड स्कोर र  डबिङको काम सुरु हुने बताइएको छ । तीन करोड लागतमा बनेको यो चलचित्र छेतेन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेका हुन् ।

मनाङ प्रस्थान गर्नुभन्दा अगाडि ‘प्रेमगीत ३’ को ४५ प्रतिशत दृश्य काठमाडौंको कीर्तिपूरमा भव्य सेट निर्माण गरेर खिचिएको थियो । चलचित्रका लागि सबैभन्दा ठूलो खर्च काठमाडौंमा निर्माण गरिएको सेट र मनाङमा मुस्ताङबाट मगाइएको घोडामा भएको बताइएको छ । ३ हजार ५ सय मिटर उचाइको मनाङमा चलचित्रका लागि अधिकांश हिउँ परिरहेको दृश्य कैद गरिएको छ । चलचित्रमा पुराना स्टार देखी अहिलेका स्टारको अभिनय देख्न सकिन्छ । युवास्टार प्रदीपसँग नवनायिका क्रिस्टिना गुरुङको जोडी बाँधिएको छ । यस्तै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतको अभिनय छ ।  चलचित्रको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर भरेका छन् । चक्रबहादुर चन्द र डम्बरबिक्रम सेन कार्यकारी निर्मातामा छन् भने कुमार शान शाह र ओएसआर डिजिटल सहनिर्माताको रुपमा रहेको छ । यो चलचित्रको बक्सअफिसमा अभिनेत्री स्वस्तिमा खड्का स्टारर चलचित्र ‘चपली हाइट ३’ सँग भिडन्त हुँदैछ । चलचित्र चैत १८ मा प्रदर्शनमा आउने तयारीमा छ ।