प्रज्ञा प्रतिष्ठान र हिब्रु बिच सम्झौता

माघ, काठमाडौं (रासस) ।

नेपाल प्रज्ञा प्रतिष्ठान र हिब्रु राइटर्स एसोसिएसन इजरायलबीच द्विपक्षीय सम्झौता भएको छ । प्रज्ञा–प्रतिष्ठानका तर्फबाट कुलपति गंगाप्रसाद उप्रेती र  एसोसिएसनका तर्फबाट उपाध्यक्ष अलमौनले सम्झौतापत्रमा हस्ताक्षर गरे । इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यको संयोजनमा भएको कार्यक्रममा एसोसिएसनका पदाधिकारी, इजरायल सरकारका संस्कृति विभाग प्रमुख, नेपालका लागि पूर्वइजरायली राजदूत तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो ।

सम्झौताले साहित्यिक, सांस्कृतिक एवं भाषिक अध्ययन, अनुसन्धान र कृतिगत अनुवादको आदानप्रदानमा सहयोग पुर्याकउने विश्वास लिइएको कुलपति उप्रेतीले बताए ।