काठमाडौंका ११ हजार ट्याक्सीमा धुर्मुसको ‘सेन्टी भाइरस’ पोष्टर

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

सुबिहानी फिल्मस्को ब्यानरमा निर्माण गरिएको नेपाली चलचित्र ‘सेन्टी भाइरस’को पोष्टर काठमाडौंमा गुड्ने ११ हजार ट्याक्सीमा टाँसिने भएको छ । सोमबार उपत्यका ट्याक्सी ब्यवसायी तथा चालक सेवा समाजले एक कार्यक्रमको आयोजना गर्दै काठमाडौंका ११ हजार ट्याक्सीमा पोष्टर टाँसेर चलचित्रको प्रमोशनमा सहयोग गर्ने जानकारी दिइयो ।

आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सेन्टी भाइरस’को प्रमोशनका लागी चलचित्रको टिमले नभई ट्याक्सी चालकहरु आँफै यो अभियानमा जुटेको कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस)ले जानकारी दिए । चलचित्रको आम्दानीको पचास प्रतिशत चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाका लागी सहयोग गरिने बताइएको छ । धुर्मुसले बताए अनुसार चलचित्रका निर्माता डिन्डु लामा ह्योल्मोले सुरुमा चलचित्रको ब्यापारबाट भएको २० प्रतिशत आम्दानी मात्र रंगशालालाई सहयोग गर्ने कुरा थियो । तर अहिले ५० प्रतिशित नै सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

जनस्तरबाट निर्माण हुन लागेको क्रिकेट रंगशालालाई चलचित्रको आधा आम्दानी जान्छ भने किन सहयोग नगर्ने भनेर ट्याक्सी चालकहरु एकजुट भएको कार्यक्रममा बताइयो । कार्यक्रममा केहि ट्याक्सीमा प्रत्यक्ष स्टिकर टाँसिएको थियो भने बाँकी अन्य ट्याक्सीमा केहि दिनमै टाँसिने जानकारी दिइयो ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रमा धुर्मुससँगै कुन्जना घिमिरे (सुन्तली), बुद्धि तामाङ, दयाहाङ राई, विल्सन बिक्रम राई लगायतको अभिनय रहेको छ । चलचित्रका लेखक कुमार कट्टेल र दीपक आचार्य हुन् ।

Watch Video Report : Click Here