धरौटीमा छुटिन् आस्था

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ माघ, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> अभद्र व्यवहार सम्बन्धी कसूरमा सोमबार प्रहरी हिरासतमा पुगेकी गायिका आस्था राउत धरौटीमा छुटेकी छिन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका हुन् ।<br></p><p style="text-align: justify; ">प्रकरणमाथि अनुसन्धान सकेर प्रहरीले सोमबारै जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमाथि अध्ययन र विस्तृत अनुसन्धानका लागि सोमबार प्रशासनले प्रहरीलाई अनुसन्धानका लागि चार दिनको समय दिएको थियो । यद्यपि, चौतर्फी विरोध र दबाबपछि दोस्रो दिनमै अभियोग पत्र दायर ग¥यो । राउतले गएराति हिरासतमा भने बस्नु परेन । उनलाई ब्लु क्रस अस्पताल, त्रिपुरेश्वर भर्ना गरिएको थियो । ‘हाइपर टेन्सन’का कारण समस्या भएको भन्दै उनलाई प्रहरीले अस्पताल लगेको थियो । जिल्ला प्रशासन कार्यालयमा लैजाँदै गर्दा राउत ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">प्रशासनबाट छुटेपछि हँसिलो मुहारमा गायिका राउतले प्रहरीप्रतिको आफ्नो गलत बुझाइ दुई दिनमा फेरिएको बताइन् । ‘मैले प्रहरीलाई जुन रुपमा बुझेकी थिएँ, त्यो होइन रहेछ ।’ उनले भनेकी छिन् ।&nbsp; यसअघि १ माघमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो । सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् । राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जाहेरी दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।</p>