ग्रामी अवार्डमा बोल्ड प्रियंका

मुम्बई (एजेन्सी) ।

‘६२ औं ग्रामी अवार्ड’मा बलिउड नायिका प्रियंका चोपडा बोल्ड अवतारमा देखिएकी छिन् । आफ्ना पति गायक निक जोनससँग खिचिएको तस्बिरमा उनले लगाएको पहिरन निकै बोल्ड देखिन्छ । अवार्ड समारोहमा जोनस दाजुभाइको साथमा नायिका प्रियंका चोपडाले पनि प्रस्तुती दिएकी थिइन् ।

अवार्ड समारोहको रेड कार्पेटमा नायिका चोपडा निकै नै हट देखिइन् । कार्यक्रममा प्रियंकाले हेलिकप्टर दुर्घटनामा परेर निधन भएका बास्केटबल खेलाडी कोबी ब्रयानलाई श्रद्धाञ्जली दिइन् । उनले आफ्नो नङमा कोबीको जर्सी नम्बर २४ लेखेकी थिइन् ।

समारोहमा युवा अमेरिकन पप सिंगर विली एलिसले ५ वटा अवार्ड जिते । विली यो बर्ष अवार्ड जित्ने सबैभन्दा कान्छा प्रतिस्पर्धी थिए । उनी, १८ बर्षका मात्र भए । यस्तै, गायिका लेडी गायाले २ वटा जितिन् । यो सँगै उनले आफ्नो हालसम्मको करिअरमा ११ वटा ग्रामी अवार्ड जितेकी छिन् ।