‘सेन्टी भाइरस’मा घरभित्रको राजनिति

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

आउँदो फागुन ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक गरिएको छ । लामो समयदेखी कलाकारितासँगै सामाजिक कार्य गर्दै आएका हास्यजोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को मुख्य भूमिका रहेको यो चलचित्रको सार्वजनिक ट्रेलरमा परिवार भित्रको राजनितिको कथालाई देखाइएको छ ।

बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कार्यक्रममा चलचित्रका मुख्य कलाकार, निर्माण टिम देखी अन्य केहि चलचित्रकर्मिको उपस्थिती रहेको थियो । फरक पार्टीमा आबद्ध श्रीमान (सिताराम कट्टेल) र श्रीमती (कुञ्जना घिमिरे) बीचको नोकझोंकलाई ट्रेलरमा विशेष स्थान दिइएको छ । चलचित्रमा सिराताम एक पार्टीमा दत्तचित्त भएर लागेको नेताको भूमिकामा छन् । भने, कुञ्जना आफ्नो पिता (राजाराम पौडेल) को पार्टीलाई समर्थन गर्दै देखिएकी छन् । दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङलाई पनि ट्रेलरमा देख्न सकिन्छ । सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित यस चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

२ करोडको लागतमा बनेको चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । चलचित्रका सहनिर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको चलचित्रका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् । यो चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । कलाकार सितारामले फिल्म हेर्न काटेको टिकटको रकम रंगशाला निर्माणमा सहयोग हुने भएका कारण सम्पूर्ण नेपालीलाई चलचित्र हेर्न आग्रह गरे । कुञ्जनाले भने ‘सेन्टी भाइरस’ बाट आफ्नो बाल्यकालदेखिको अभिनेत्री बन्ने सपना पूरा भएकोमा खुसी व्यक्त गरिन् ।