नयाँ चलचित्र ‘मन परेसी’मा आकाश र पूजाको जोडी बाँधिने

आर्टिष्ट खबर/ माघ, काठमाडौं  ।

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मालाई लिएर नयाँ चलचित्र ‘मन परेसी’को निर्माण हुने भएको छ । बिहीवार काठमाडौंको भद्रकाली मन्दिरमा मुहुर्त गरिएको यो चलचित्रमा रविन्द्र झा र मोनालिसा खतिवडाको पनि मुख्य भूमिका रहने बताइएको छ ।

रुपेश थिङ तामाङले निर्देशन गर्ने यो चलचित्रमा आकाश र पूजासँगै बुद्दि तामाङ, रविन्द्र झा, शिशिर राणा, किरण श्रेष्ठ, लक्ष्मण श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्रको प्रस्तुतकर्ता रघु परियार, वितरकमा करण श्रेष्ठ छन् । अमृत थिङ तामाङ चलचित्रको कार्यकारी निर्माता र दिनेश शाहीरचक्र पाख्रिन तामाङ निर्माताको रुपमा रहेको चलचित्रमा भुवन राज जोशी, कृष्ण परियार, ज्ञानु प्रसाद खनाल र प्रेम बहादुर घर्ती सह निर्मातामा रहेका छन् ।

हरि घले लामाले खिच्ने चलचित्रमा राजु तामाङको द्वन्द्व र रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहने छ । अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने, श्रीकृष्ण बर्देवाको संगीत यसमा रहने छ । आउँदो आइतबारबाट छायांकन सुरु हुने यो चलचित्र आगामी वर्ष तिजमा प्रदर्शन गरिने बताइएको छ ।