फरक स्वादमा ‘प्रेमगीत ३’ को ‘हात्ती ढुंगामा’

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

यसबर्षको अन्तिम अर्थात चैतको २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको प्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’ को पहिलो गीत सार्वजनिक गरिएको छ । काठमाडौं र मुस्ताङमा करिब डेढ महिना लगाएर छायांकन गरिएको यो चलचित्रको ‘हात्ती ढुंगामा’ बोलको पहिलो गीत मंगलबार सार्वजनिक गरिएको हो । जसमा चलचित्रमा मुख्य पात्रलाई फिचर्ड गरिएको छ ।

सार्वजनिक गीत नेपाली चलचित्रमा पछिल्लो समय आइरहेका गीतहरु भन्दा फरक शैलीको छ । गीतमा सागर आले र मेलिना राईको स्वर छ भने कल्याण सिंहको संगीत र हर्क साउदको शब्द छ । गीतको भिडियामो कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । चलचित्रमा नायक प्रदीप खड्का र नायिका क्रिस्टिना गुरुङको लुक्सले दर्शकले थप कौतुहोल्ता सिर्जना गर्ने देखिन्छ । गीतमा प्रेम भाव छ ।

पछिल्लो समय लोकलयका र भिडियो पनि त्यहि किसिमका गीत हावि भइरहेका बेला यो चलचित्र टिमले नयाँ प्रयोग गरेको छ । त्यसमाथि यो चलचित्रमा अहिलेको नभएर डेढसय बर्ष अघिको प्रेमकथालाई देखाइएको छ । त्यसैले पनि चलचित्रका पात्रहरुको गेटअप फरक देखिन्छ । छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेको यो चलचित्र राजेश श्रेष्ठले खिचेका हुन् । कुमार शान शाह र ओएसआर डिजिटल सहनिर्माता रहेको चलचित्रका निर्माता सन्तोष सेन हुन् । चलचित्रमा प्रदीप र क्रिस्टिना ‘प्रेम’ र ‘गीत’ को भूमिकामा छन् । शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, सन्तोष सेन, प्रेम पुरी, मनिष राउतलगायतको पनि फिल्ममा अभिनय रहेको छ ।

चन्द्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा हिमाल केसीको एक्सन कोरियोग्राफी छ । तीन करोडभन्दा बढीको लागतमा निर्माण भएको यो चलचित्रमा डेढ सय वर्ष अगाडिको प्रेमकथा प्रस्तुत गरिएको छ ।