डिबीको ‘तिमिले पनि सताउछौ’

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

डिबी खड्काको नयाँ गीत ‘तिमिले पनि सताउछौ, मैले पनि सताउछु’ सार्वजनिक गरिएको छ । संगीतकार समेत रहेका गायक डिबीको गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । गीतमा डिबीलाई स्वरमा साथ चर्चित गायिका मेलिना राईले दिएकी छन् ।

कलेज जीवनमा हुन प्रेम र रोमान्सको थिममा गीतको म्युजिक भिडियो तयार भएको छ । भिडियोमा समुन्द्र वाग्ले र याङ्सु श्रेष्ठको अभिनय देख्न सकिन्छ । क्रान्ती केसीको सम्पादन तथा निर्देशन रहेको भिडियोको कोरियोग्राफी अजय रेग्मीले गरेका हुन् ।

रत्न बेहोसी र रामकुमार राईको शब्द रहेको गीतमा संगीत डिबी खड्काले भरेका छन् । गीत डान्सिङ रोमान्टीक शैलीमा तयार भएको  । गायक तथा संगीतकार डिबी खड्काले यस अगाडि थुप्रै चर्चित गीत दिइसकेका छन् ।