तीजमा ‘सम्हालिन्छ कहिले मन’

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

आउँदो बर्षको प्रतिक्षित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को प्रदर्शन मिति घोषणा गरिएको छ । अब यो चलचित्र हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर २०७७ को भदौ ५ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ । सुदर्शन थापाले निर्देशन गरेको यो चलचत्रिमा नायक आकाश खड्का र पुजा शर्माको मुख्य भूमिका रहेको छ । यो जोडी चलचित्रको पर्दामा रुचाइएको जोडी हो ।

अमित बस्नेतको लगानी रहेको फिल्मका कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन् । अर्को वर्षको तीजलाई लक्षित गर्दै अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठ स्टारर फिल्म ‘मन परेसी’ र सोमवार घोषणा गरिएको सुब्रतराज आचार्यले निर्देशन गर्ने फिल्म ‘के घर के डेरा’ ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । भदौ ५ मा ‘सम्हालिन्छ कहिले मन’ आउने भएपछि ‘मन परेसी’ को रिलिज सर्ने बताइएको छ । किनकि, दुवै फिल्ममा पूजा र आकाश प्रमुख भूमिकामा छन् ।

एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको ‘सम्हालिन्छ कहिले मन’ मा पूजा र आकाशसँगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय छ । यो फिल्मबाट नायकको रुपमा गायक समेत रहेका सोनम तोप्देनले डेब्यू गर्दैछन् । सौरभ लामाले खिचेको फिल्मको कथा महेश दवाडीले लेखेका हुन् । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रका गीतमा अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुले संगीत भरेका छन् । चलचित्रमा परि राना र अजित​ कुमार​ थापा सहनिर्मातामा छन् । गायक सुगम पोखरेलको चर्चित गीत ‘सम्हालिन्छ कहिले मन’ बाट चलचित्रको नाम सापटी लिइएको हो । स्टारकास्टका कारण यो फिल्मको दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् ।