गीत चोरी गर्ने विरुद्ध छानबिन हुन्छः मन्त्री बास्कोटा

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

पछिल्लो समय गीतसंगीतका चोरीका खबर बाहिर आइरहेका छन् । कतिपय सृष्टा प्रहरीलाई गुहार्न पुग्छन् कतिले सामाजिक सञ्जालमा रिश पोख्छन् । तर सरकारी निकायबाट कुनैपनि पहल नहुदा सृष्टाहरुमा निराशा छाएको छ । यसैबिच संगीतकार अष्ट लामाको नेतृत्वमा मंगलबार दिउँसो मन्त्रालय पुगेका श्रष्टाहरूसँग सञ्चारमन्त्री गोकुल बास्कोटाले गीतसंगीत चोरीगर्ने ‘म्युजिक कम्पनी’ विरुद्ध छानबिन समिति गठन गर्ने प्रतिबद्धता जनाएका छन् ।

केही दिनमै समिति गठन गरी काम सुरु गर्ने सञ्चारमन्त्रीले प्रतिबद्धता जनाएका हुन् । संगीतकार लक्ष्मण शेषले सञ्चारमन्त्रीले छानबिन समितिमा पीडितहरूका तर्फबाट आफैं बस्ने बताएको जानकारी दिए । उनले भनेका छन् ‘हामीले चोरीको प्रमाण सहितको निवेदन दिएका छौं ।  मन्त्रीज्यूले उक्त निवेदनमा तोक आदेश लगाउनुभएको छ, यो श्रष्टाहरूका लागि ठूलो उपलब्धि र भरोसा हो ।’

‘श्रष्टा तथा रेडियो नेपालको सम्पत्ति विभिन्न म्युजिक पोर्टल र सीआरबीटी, पीरआरबीटीमा बेचिएको छ । त्यसको क्षतिपूर्तिको माग उनीहरुको छ ।’

संगीतकार शेषले मन्त्रालयले चाँडै छानबिन समिति गठन गर्ने र क्षतिपूर्ति भराउने सहितको प्रतिवेदन आउनेमा अपेक्षा राखेका छन् । मन्त्रालय पुगेका श्रष्टाहरुका अनुसार श्रष्टा तथा रेडियो नेपालको सम्पत्ति विभिन्न म्युजिक पोर्टल र सीआरबीटी, पीरआरबीटीमा बेचिएको छ । त्यसको क्षतिपूर्तिको माग उनीहरुको छ । गायक सत्यराज आचार्यले मन्त्रीको आश्वासन सँगै न्यायको आशा पलाएको बताए । ‘मैले धेरै पहिलादेखि नै सुनेको कुरा हो यो, पहिला नै आउनुपर्ने थियो तर ढिलै भए पनि आएर ठीक गर्नुभयो,’ मन्त्री बास्कोटालाई उद्धृत गर्दै सत्यराजले भने । विभागीय मन्त्रालयका मन्त्रीले नै छानबिन समिति बनाउन निर्देशन दिँदै तोक लगाइदिएको भन्दै उनले अब छानबिन समिति गठनका लागि कानुनी प्रक्रिया सुरु भएको उनको भनाइ छ । कलाकारहरूले छानबिन समितिमा आफूहरूको पनि प्रतिनिधित्व हुनुपर्ने कलाकारहरूको मागमा मन्त्री बास्कोटा सकारात्मक रहेको गायक सत्यराजले बताए । संगीतकार शेषले गठन हुने छानबिन समितिले श्रष्टा तथा रेडियो नेपालको बौद्धिक सम्पत्ति कसरी दोहन भइरहेको छ त्यसको प्रमाणसहितको प्रतिवेदन बुझाउने बताए ।

अर्काको गीत–संगीत चोरेर प्रयोग गरेको भन्दै साताअघि श्रष्टाहरूले प्रधानमन्त्रीसँग भेट गरेका थिए । भेटमा प्रधानमन्त्रीले विनाअनुमति अरूका गीत स्वदेश तथा विदेशमा प्रयोग गर्नेलाई कानुनी कारबाही गर्ने आश्वासन दिएका थिए । भेटमा प्रधानमन्त्रीले एक साताको समय तोकेर कुनै न कुनै रूपमा कारबाहीका लागि ‘एक्सन’ लिने बताएका थिए । प्रधानमन्त्रीले दिएको समयसीमा हिजो सकिएपछि श्रष्टाहरूले आज सञ्चारमन्त्रीलाई भेटेका हुन् । मन्त्री बास्कोटालाई भेट्न अष्ट लामा र सत्यराजसँगै वसन्त बी. थापा, राजन इसान, स्वरूपराज आचार्य, चूडामणि देवकोटा, पारश मुकारुङ, श्याम सापकोटा पुगेका थिए ।