फ्राइडे रिलिजः
हलमा आश लाग्दा दुई फिल्म

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

करिब तीन महिना यता नेपाली चलचित्रबाट हलवाला खुसी हुन पाएका छैनन् । अर्थात राम्रो ब्यापार हुन नसक्दा बिदेशी चलचित्रको टिकट बेच्दै बसेका छन् । राम्रो नेपाली चलचित्र आउला र ब्यापार राम्रो होला भनेर कुरेको लामो समय भइसकेको छ । नेपाली चलचित्रले राम्रो ब्यापार गर्न कि ठूला चाडपर्व कित नयाँ बर्ष कुर्नुपर्ने हुन्छ ।

यसबैबिच केहि महिना यता दुई आश लाग्दा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र क्षेत्रका दुईस्टार अभिनित चलचित्र हलमा लाग्दा हलवालासँगै दर्शकमा उत्साह छाएको छ । तर चलचित्रले कस्तो  ब्यापार गर्ला भन्नेमा हलवालाहरु अन्योलमा छन् । आजबाट प्रदर्शनमा आएका चलचित्र ‘सेल्फि किङ’ र ‘साङ्लो’ दुबैबाट आश गरिएको छ । नेपाली थिएटरमा जमेका र पछिल्लो समय एकपछि अर्को गर्दै हिट चलचित्र दिएका अभिनेता विपिन कार्कीको अभिनय रहेको ‘सेल्फि किङ’ विपिनकै कारण पनि बिशेष रहेको छ । त्यसमाथि हाँस्य कलाकारको जीवनमा आउने उताडचढावलाई चलचित्रमा कसरी प्रस्तुत गरिएको छ भन्ने जिज्ञासा धेरैको छ ।

‘पछिल्लो समय एकपछि अर्को गर्दै हिट चलचित्र दिएका अभिनेता विपिन कार्कीको अभिनय रहेको ‘सेल्फि किङ’ र एक्शन अभिनेता विराज भट्टको ‘साङ्लो’लाई बिशेष रुपमा हेरिएको छ ।’

त्यस्तै एक्शन अभिनेताको रुपमा चर्चित विराज भट्टको अभिनय र निर्देशनमा बनेको चलचित्र ‘साङ्लो’लाई पनि बिशेष रुपमा हेरिएको छ । किनकी बिराजले पहिलो पटक निर्देशन गरेको र लामो समय पछि नेपाली चलचित्रमा कमब्याकको हिसाबले पनि बिशेष मानिएको छ । चलचित्रमा मिस नेपाल २०१७ निकिता चाण्डकले अभिनय गरेकी छिन् । यो उनको डेब्यु चलचित्र हो । चलचित्रको मेकिङ हेर्दा निकै उत्कृष्ट देखिन्छ । चलचित्रका प्रमोशन सामाग्रीहरु हेर्दा धेरैले साउथ इन्डियन चलचित्रको तरिकाबाट निर्माण गरिएको भन्ने प्रतिक्रिया समेत आएका छन् ।

राजधानीमा बुधबार गरिएको ‘सेल्फि किङ’को प्रिमियरबाट सकारात्मक प्रतिक्रिया मिलेसँगै निर्माण टिम खुसी देखिएको छ ।  राजधानीमा गरिएको छ । नयाँ बसपार्क स्थित लोत्से मलमा रहेको आइएनआइ सिनेमाजमा गरिएको प्रिमियरमा फिल्म युनिटसँगै कलाकार्मी र मिडियाकर्मीको बाक्लो उपस्थिति रहेको थियो । क्यारेक्टरलाई जीवन्त बनाउन कुनै कसर बाँकी नराख्ने विपिनले चलचित्रमा शिर्ष भूमिका निर्वाह गरेकै कारण फिल्म हेर्न आइपुग्ने धेरै थिए । चलचित्र हेर्न भुवन केसी , सन्तोष पन्त , निर्मल शर्मा , जितु नेपाल , केदार घिमिरे , निशा अधिकारी , केकी अधिकारी , आँचल शर्मा , नम्रता श्रेष्ठ , कर्मा , विनय श्रेष्ठ , आर्यन सिग्देल , प्रमोद अग्रहरी , कामेश्वर चौरसिया , दिपेन्द्र के खनाल , सुनिलकुमार थापा , भोलाराज सापकोटा , शोभित बस्नेत , रीमा विश्वकर्मा , सुवास गिरी , सुरेन्द्र पौडेल लगायतका फिल्मकर्मीको उपस्थिति रहेको थियो ।

फिल्म हेरेका कलाकर्मीले प्रसंसा गरेका छन् । सबैले उठान गरेको विषयसँगै कलाकारको भावनालाई यसमा प्रस्तुत गरिएको मिडियासामु प्रतिक्रिया दिए । फिल्मको निर्देशन विशाल सापकोटाले गरेका हुन् । कथा पनि उनकै हो । उनि यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । दिनेश राउत र शुभाष थापाले फिल्मलाई संयुक्त रुपमा निर्माण गरेका हुन् ।

यी दुबै चलचित्रमध्ये क्युएफएक्स चेनले भने ‘सेल्फि किङ’लाई बढी विश्वास गरेको देखिन्छ । शुक्रबारका लागी मात्र ‘सेल्फि किङ’लाई २० सो दिइएको छ भने ‘साङ्लो’लाई जम्मा ४ सो छुट्टाइएको छ । तर ‘साङ्लो’ले राजधानीबाहिरका सिंगल थिएटरमा राम्रो दर्शक कमाउने अपेक्षा राखिएको छ ।