हलमा देखियो विराजको क्रेज

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

नेपाली चलचित्रका एक्शन अभिनेता विराज भट्ट राजधानी भन्दा मोफसलमा बढी चिनिएका छन् । उनका चलचित्रका फ्यान मोफसलमा बढी देखिन्छन् । नेपाली चलचित्रमा छुट्टै पहिचान बनाएका विराजले अभिनय र पहिलोपटक निर्देशन गरेको गएको शुक्रबारबाट चलचित्र ‘साङ्लो’ प्रदर्शनमा आएसँगै दर्शकको क्रेज देखिन थालेको छ ।

केहि महिना यता दर्शकले नेपाली चलचित्र हेर्न पाएका थिएनन् । भने शुक्रबारबाट दुई आशलाग्दा चलचित्र प्रदर्शनमा आएसँगै हलमा नेपाली चलचित्र हेर्ने दर्शकको भरिभराऊ देखिन थालेको छ । बिशेष गरी प्रदर्शनको पहिलो र दोस्रो दिन राजधानीका सिंगल थिएटरमा विराजको गज्जबको क्रेज देखियो ।

शनिबार नायक विराज भट्ट नायिका निकिता चण्डक, अभिनेता प्रकाश शाह, अमित गिरी सहित विभिन्न सिंगल थिएटरहरुसम्म पुगेका थिए । जहाँ विराजलाई दर्शकले घेरेका थिए । विराजको नाममा हुटिङ र सीठ्ठी फुक्ने दर्शक धेरै थिए । विराज चाबहिलमा रहेको गोपीकृष्ण हल पुग्दा सेल्फी लिन खोज्दै दर्शकले घेरे । विराजलाई दर्शकले बोकेर नै हुटिङ गरेका थिए । धेरैले विराजलाई बाघ फर्किएको भन्दै हुटिङ गरिहरेका थिए ।

गोपिकृष्ण हलमा विराजले आफ्नो दर्शकको लागि चलचित्रको संवाद बोलेर सुनाए । उनले ‘साङ्लो’ बाहेक आफ्नो पूराना चलचिहरुको संवाद पनि त्यहाँ बोलेका थिए । गोपिकृष्णमा दर्शक साक्षत्कार गरेर विराजको टिम अष्टनारयण हलसम्म पुगेको थियो । चलचित्र सकिनै लाग्दा भरिभराउ हल भित्र विराज छिरे । विराजलाई देखेपछि दर्शकले उठेर नै ताली बजाए, सिठ्ठी फुके । त्यहाँ विराजले दर्शकसँगै चलचित्रको गीत गुनगुनाए ।

मल्टिप्लेक्स हलमा खासै शो र दर्शक नपाएको यस चलचित्रले सिंगल थिएटरमा भने आक्रमक व्यापार गरेको छ । कुनै समय आफ्नो गतिलो स्टारडम बनाएका विराजले यस चलचित्रबाट पनि आफ्नो स्टारडम देखाएका छन् । साङ्लो विराज आफैँले निर्माण तथा निर्देशन गरेको चलचित्र हो । विराजले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गरेका हुन् ।

क्युएफएक्स मल्टिप्लेक्स सिनेमा घरमा शुक्रबार जम्मा पाँच सो पाएको यो चलचित्रले शनिबार भने बाह्र सो पाएको थियो । शुक्रबारको दर्शकको क्रेज देखेर शनिबार सो बढेसँगै आइतबार पनि त्यहि अनुरुपमा बढ्ने अनुमान लगाउन सकिन्छ ।

सँगै प्रदर्शनमा आएको अर्को चलचित्र सेल्फि किङले पनि राम्रो ब्यापार गरिरहेको छ । यो चलचित्रलाई पनि शनिबार १९ सो दिइएको थियो ।