राजमौलीको फिल्ममा अजयले पारिश्रमिक नलिने

मुम्बई (एजेन्सी) ।

सफल चलचित्र ‘बाहुबली’का निर्देशक एसएस राजमौलीले बनाउन लागेको नयाँ चलचित्र ‘आरआरआर’मा रामचरण तेजा र एनटीआर जूनियरसँगै अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहने भएको छ । चलचित्रमा अभिनेता अजय देवगन बिशेष भूमिकामा देखिदैछन् । उनी पहिलो पटक साउथ इन्डियन फिल्ममा देखिन लागेका हुन्।

त्यसो त राजमौलीको चलचित्रमा काम गरे बापत अजयले पारिश्रमिक नलिने भएका हुन्। फिल्मका निर्माताहरु अजयलाई रामचरण र एनटीआर जुनियरको जति नै पारिश्रमिक दिन तयार थिए । तर निर्देशक राजमौलीका कारण अजयले पारिश्रमिक नलिएका हुन् । उनले आफ्नो साथीको फिल्म भन्दै यस चलचित्रमा अभिनय गरेको पारिश्रमिक नलिने निर्णय गरेका हुन् । राजमौली र अजय साथीसाथी हुन् । निर्देशक राजमौलीको फिल्म ‘मख्खी’ रिलिज भएपछि उनीहरुको भेट भएको थियो ।

पछिल्लो समय उनले फिल्म ‘बाहुबली’को निर्देशन गरेका थिए । उक्त फिल्म भारतीय बक्स अफिसमा सुपर हिट भएको थियो ।