सोनमको पहिरन चर्चा

मुम्बई (एजेन्सी) ।

मोहित सुरीले निर्देशन गरेको चलचित्र मलंगको सो कार्यक्रममा बलिउडका बिभिन्न चर्चित स्टारहेको उपस्थिती थियो । त्यसै कार्यक्रममा थिइन् सोनम कपुर, उनी आफ्ना बुवा अनिल कपुरसँग फिल्म हेर्न पुगेकी थिइन् । सोनम स्क्रिनिङमा कालो रङको ग्ल्यामरस पहिरनमा अनिलसँग पोज दिइरहेकी थिइन् । उक्त पहिरनका कारण उनी ट्रोलर्सको निशानामा पनि परिन् ।

ट्रोलर्सले सोनममाथि निशाना साँध्दै भने, ‘आफ्नो बुवाको अगाडि कसैले यस्तो लुगा लगाएर उभिन सक्छ ? के उनीहरुलाई लाज लाग्दैन ?’ अर्का ट्रोलरले भने, ‘यस्तो लुगामा आफ्नो बुवासँग उभिँदा कस्तो उदेकलाग्दो देखिएको छ ।’

अर्का एक प्रयोगकर्ताले अलिकति त लाज राख सम्म भन्न भ्याए । नकारात्मक ट्रोल्सबाहेक केही मानिसहरुले सोनमको फेसन सेन्सको पनि तारिफ गरेका छन् । एक प्रशंसकले लेखे, ‘सोनम निकै राम्री देखिएकी छिन् । ’ अर्का एक प्रशंसकले लेखे, ‘बुवा, छोराको सबैभन्दा कूल जोडी । अल्टिमेट फेशन क्विन अफ बलिउड ।’

स्मरण रहोस्, सोनम कपुर यसअघि पनि पहिरनका लागि ट्रोल भइसकेकी छिन् । यद्यपि, उनको फेसन सेन्सको निकै तारिफ पनि गरिन्छ ।