बिहेअघि आमा बनिन् नायिका कल्की

मुम्बई (एजेन्सी) ।

बलिउड नायिका कल्की कोचलिन विवाहअघि नै आमा बनेकी छिन् । कल्कीले छोरीलाई जन्म दिएसँगै सामाजिक सन्जालमा स्टाटस राखेर जानकारी दिएकी हुन् । उनले आफ्नो छोरीको नाम ‘साफो’ राखेको स्टाटसमा उल्लेख गरेकी छिन् ।

उनी लेख्छिन्, ‘साफोलाई स्वागत गर्नुहोस् ।’ त्यसो त कल्की गर्भावस्थादेखि नै बच्चालाई लिएर निकै उत्साहित देखिन्थिन् । सामाजिक सञ्जालमा उनले बेबी बम्पको तस्विरहरु पोष्ट गर्दै आएकी थिइन्। कल्की लामो समयदेखि इजरायली नागरिक हर्षवर्गसँगको प्रेममा छिन् । तर उनीहरुले विवाह भने गरेका छैनन् ।

यसअघि कल्कीले सन् २०११ मा निर्माता तथा निर्देशक अनुराग कस्यापसँग विवाह गरेकी थिइन् । विवाह गरेको चार वर्षपछि उनीहरुको सम्बन्ध बिच्छेद भएको थियो ।