फ्राइडे रिलिजः सेन्टी भाइरसमा विश्वास

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

आजबाट दुई नेपाली चलचित्र र तीन बिदेशी चलचित्र नेपाली हलमा प्रदर्शनमा आएका छन् । अग्रिम बुकिङ सहित नेपाली चलचित्र 'सेन्टी भाइरस' र 'आमा' सँगै प्रदर्शनमा आए । दुबै चलचित्र निर्माण गर्ने टिमले यसअघिका चलचित्रबाट दर्शकमा विश्वास दिलाइसकेको छ । त्यसैले पनि दुबै चलचित्रलाई बिशेष रुपमा हेरिएको छ । चलचित्र सेन्टी भाइरस रामबाबु गुरुङले निर्देशन गरेका हुन् । उनले यसअघि 'कबड्डी, पुरानो डुङ्गा' जस्ता सफल चलचित्र निर्देशन गरेर देखाइसकेका छन् । यस्तै आमा दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । दीपेन्द्रले पनि 'पशुपति प्रसाद, चपली हाइट' जस्ता सफल चलचित्र दिइसकेका छन् । यसअर्थमा अन्य चलचित्रकर्मि तथा हल सञ्चालकले दर्शक कुन चलचित्रमा तानिएलान् भन्नेमा ढुक्क भएर भन्न सकेका छैनन् ।

'सेन्टी भाइरस' लाई  क्युएफएक्स चेनले शुक्रबारका लागी मात्रै ५० सोज दिँदा चलचित्र 'आमा'का लागी जम्मा १८ सोज दिएको छ ।

यति भन्दै गर्दा हाँस्य कलाकार सिताराम कट्टेल र कुन्जना घिमिरको मुख्य भूमिका रहेको चलचित्र सेन्टी भाइरसलाई हलवालाले बढी विश्वास गरेको देखिन्छ । अग्रिम बुकिङमा दर्शकले देखाएको चासोका कारण पनि मल्टिप्लेक्स हलहरुमा यो चलचित्रले बढी सोज पाएको छ । सिताराम र कुन्जनासँगै यो चलचित्रमा विल्सन बिक्रम राई, सन्दीप क्षेत्री, दयाहाङ राई, बुद्धि तामाङ जस्ता स्टार भएकाले पनि दर्शकले यो चलचित्र रोज्ने अनुमान गरिएको छ । त्यसैले क्युएफएक्स चेनले शुक्रबारका लागी मात्रै ५० सोज दिएको छ । तर चलचित्र आमाका लागी जम्मा १८ सोज दिइएको छ । चलचित्रको मेकिङ र निर्माण टिमलाई विश्वास गरेर यति सोज दिइएको बुझिन्छ । आमामा आम दर्शक तान्न सक्ने स्टारकास्ट भने छैनन् ।

दुबै चलचित्रको सार्वजनिक ट्रेलरलाई हेर्ने हो भने दुबै शसक्त छन् । दुबै चलचित्र फरक बिषयमा बनेका छन् तर आआफ्नो बिषयमा निकै मजबुत बनेर आएका छन् । दर्शक तथा समिक्षकहरुको प्रतिक्रिया हेर्नेहो भने दुबै चलचित्रको तारिफ देखिन्छ । शुक्रबारका लागी हलहरुले राम्रो सोज जुन चलचित्रलाई दिएपनि पहिलो दिनको दर्शकको भिड हेरेर हल सञ्चालकहरुले सोज बाड्ने गरेका छन् । तसर्थ शनिबारका लागी यी चलचित्रले कतिकति सोज पाउनेछन् भन्नेमा धेरैको चासो पनि छ । किनकी शुक्रबार पछि अधिकांश दर्शकले ‘माउथ पब्लिसिटी’को आधारमा कुन चलचित्र हेर्ने भन्नेमा निर्णय लिनेछन् ।

चलचित्र सेन्टी भाइरस युनिटले पब्लिसिटीमा फरक योजना ल्याउनुपनि दर्शकको ध्यानआकर्षक हुनु अर्को कारण हुनसक्छ । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागी चलचित्रबाट भएको सम्पुर्ण आम्दानीको पचास प्रतिशत सहयोग गरिने घोषणा गरिएको छ । एउटा यो कारणले पनि दर्शक यो चलचित्र प्रति सकारात्मक भएको देखिन्छ ।

यस्तै यी दुई नेपाली चलचित्रसँगै अन्य दुई बलिउड चलचित्र ‘शुभ मंगल’ र ‘भूत’ त्यसैगरी हलिउड चलचित्र ‘द कल्ड अफ द वाइल्ड’ प्रदर्शनमा आएका छन्  । बिदेशका यी तीन चलचित्रले पनि क्युएफएक्स चेनमा जम्मा ५० सोज पाएका छन् ।