धुलो गीतः बुद्धि र अग्रजकोे बिपाशासँग मस्ती

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

प्रदर्शन मिति नजिकीदै जादा ‘धुलो’ युनीटले प्रचारप्रशारलाई तीव्रता दिएको छ । केही दिनअघि राजधानीमा प्रेसमिट गरि ट्रेलर सार्वजनीक गरेको फिल्मको शुक्रबार ‘चार सय चालिसको बिजुली’ बोलको आइटम गीत दर्शकमाझ ल्याइएको छ ।

राजधानीमा सडक गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मज्दुरको जीवनशैली, सपना, संघर्ष र अबस्थाको बिषयमा निर्माण गरिएको फिल्मको सो आइटम गीत दुर्गा खरेल र अनुप थापाले गाएका छन् । केशब मिश्रले लेखेको गीतमा जुगल डंगोलको संगीत र रामजी लामीछानेको कोरियोग्राफी छ । नेपाल टेलिभिजनमा बरिष्ट क्यामेरापर्सनका रुपमा कार्यरत संचारकर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको ‘धुलो’ अबको शुक्रबार अर्थात् १६ फागुनमा एकल प्रदर्शनमा उत्रदै छ ।

गीतमा बुद्धि तामाङ,अग्रज केसी र दिपाशा बिसी फिचर छन् । निर्देशक मिश्रका अनुसार यो आइटम ‘ड्रिम सिक्वेन्स’ हो । सुकुम्बासी बस्तीमा बस्ने दुई मज्दुरको कल्पनालाई यो गीतमा प्रस्तुत गरिएको छ । यथार्थपरक बिषयमा निर्माण गरिएको फिल्ममा बुद्धि र अग्रजका साथमा सृजना सुब्बा, प्रद्युम्न मिश्र,दामोदर गजुरेल,अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य र नीर शाह, सुसील पोखरेल तथा लक्ष्मी बर्देवा बिशेष भूमिकामा छन ।

दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल छन् । सिके वाग्ले प्रोजेक्ट एडभाइजर रहेको फिल्ममा केशब मिश्र र दीपक समीरको गीत,शंकर थापा र जुगल डंगोलको संगीत, रबिन आचार्यको  छायांकन, अर्जुन जिसीको सम्पादन तथा कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।