ललितपुरमा ट्याटू कन्भेन्सन हुने

आर्टिष्ट खबर, फागुन, काठमाडौं ।

रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्टमेन्टले संयुक्त आयोजनामा ‘ललितपुरमा ट्याटू कन्भेन्सन २०२०’ हुने भएको छ । ललितपुरका ३० ट्याटू कलाकारहरुले सहभागिता जनाउँने उक्त ट्याटू महोत्सवमा प्रत्यक्ष  ट्याटू खोप्ने एवं ट्याटूका डिजाइनहरु प्रदर्शनमा राखिने बताइएको छ । यस्तै कलाकारहरुबीच अन्तक्र्रिया लगायत कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

त्यस्तै सबिन राई र फारो, नेपाली भ्लगर चेतनराज कार्की साथै लास्ट मिनेट, यामान र ‘दि मेमोरिया’ लगायतले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन् ।

नेवार, तामाङ, थारू लगायत समुदायमा परम्परागत् एवं सांस्कृतिक महत्व बोक्ने ’ट्याटू’ युवा माँझ फेसनको रुपमा चर्चित छ। ट्याटू प्रेमी युवा वर्ग लक्षित ट्याटू मेला यही फागुन २३ र २४ गते नाखिपोटस्थित बास्केट बल कोर्टमा हुन लागेको हो ।