सलमानलाई अक्षयको साथ

मुम्बई (एजेन्सी) ।

बलिउड नायक सलमान खानले आफ्नो चलचित्र ‘राधे’को प्रमोशनका लागी अभिनेता अक्षय कुमारको साथ लिएका छन् । होलीमा प्रदर्शन हुने भनिएको यो चलचित्रका लागी सलमानले चलचित्र ‘सुर्यवंशी’को साहारा लिएका हुन् ।

अक्षय कुमारको चलचित्र सुर्यवंशी मार्च २४ तारिखमा रिलिज हुदैँछ । चलचित्र सुर्यवंशीमा सलमान खान स्टारर चलचित्र राधेको टिजर जोडिएको छ । सुर्यवंशी रिलिज हुने सम्पूर्ण हलहरुमा चलचित्र राधेको टिजर बज्नेछ । सलमानले सुर्यवंशी निर्देशक रोहित सेट्ठीसँग सहकार्य गरेर नै यस्तो अभ्यास गरेका हुन् । अक्षय कुमारले पनि सलमान खानको चलचित्रको टिजर आफ्नो चलचित्रसँग जोडेर बजाउन लागेको कुरा प्रष्टाएका छन् । सहयोग गर्न पाएकोमा उनले पनि खुसी व्यक्त गरेका छन् ।

राधेमा सलमानसँगै दीशा पटनी, रणदीप हुड्डाको मुख्य भूमिका रहेको छ । सुर्यवंशीमा अक्षय कुमारले कट्रिना कैफसँग जोडी बाँधेका छन् भने अजय देवगण र रणवीर सिंहलाई पनि चलचित्रमा देख्न पाइने छ ।