दोस्रो सातामा ‘सेन्टी भाइरस’: ८५ हलमा प्रदर्शन

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

गएको फागुन ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भाइरस’ दोस्रो सातामा पनि हाउसफुलका साथ प्रदर्शन  भइरहेको छ । सयबढी हलमा एकसाथ प्रदर्शनमा आएको यो चलचित्र दोस्रो सातासम्म आइपुग्दा पनि ८५ हलमा प्रदर्शन भइरहेको छ । यसमा अधिकांश हलमा हाउसफुलका साथ प्रदर्शन भइरहेको जानकारी प्राप्त भएको छ ।

प्रदर्शनको पहिलो दिनमै करोड माथिको ब्यापार गरेको  ‘सेन्टी भाइरस’ले दोस्रो सातासम्म आइपुग्दा ६ करोड बढीको ब्यापार गरेको बुझिएको छ ।  सिताराम कट्टेल र कुन्जना घिमिरेको मुख्य भूमिका रहेको यो चलचित्रमा घर भित्रको राजनितिक द्धन्द्धलाई देखाइएको छ । चलचित्र निर्माण टिमले चलचित्रबाट प्राप्त आम्दानीको पचार प्रतिशत चितवनमा धुर्मुस् सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागी सहयोग गर्ने घोषणा गरेको छ । यस अभियानमा साथ दिनका लागी पनि बिभिन्न संघसंस्थाहरुले हल बुक गरेरै चलचित्र हेरिरहेका छन् ।

रामबाबु गुरुङको निर्देशनमा बनेको यो चलचित्रमा सिताराम र कुन्जनाको साथमा दयाहाङ राई, विल्सन बिक्रम राई, सन्दिप क्षेत्री, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।