भृकुटीमण्डपमा नेपथ्य

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

लोक रक ब्यान्ड नेपथ्यले शनिबार काठमाडौंको भृकुटीमण्डपमा कन्सर्ट गरेको छ । विद्यालय पुनर्निमाणका लागि ‘शिक्षाको लागि संगीत’ नाम दिएर कन्सर्टको आयोजना गरिएको हो । कार्यक्रम ‘हेल्प नेपाल नेट्वर्क’ले आयोजना गरेको हो ।

कार्यक्रमको टिकट खरिदबाट जम्मा भएको सम्पूर्ण रकम दोलखाको भिमेश्वर नगरपालिकास्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको भवन निर्माणमा गरिनेछ । यसअघि २०७५ को भदौमा स्वयम्भूमा ब्यान्ड प्रस्तुत भएको थियो । दुई घण्टा लामो कार्यक्रममा ब्यान्डले आफ्नो नयाँ पूरानो गरी दर्जनभन्दा बढी गीत गाए । कार्यक्रममा गायक अमृतले भने, ‘सामाजिक सेवाका काममा सबैजना मिलेर सकृय रहनु पर्छ । त्यस्तै परोपकारी कार्यका लागि पहल गरेकोमा यो कार्यक्रम आयोजकलाई धन्यवाद ।’

कार्यक्रममा पुनर्निर्माण गरिने विद्यालय सम्बन्धी भिडियो सामाग्री पनि देखाइएको थियो । मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।